वैशाख २६, २०८२ शुक्रबार | ११:५३:५४
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

एसियाली खेलकुदको ‘सेफ दि मिसन’मा घिसिङ नियुक्त

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६ औं कार्यकारी बैठकले चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि  नेपालको ‘सेफ दि मिसन’मा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ । बैठक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

यस्तै बैठकले नेपालको डेपुटी ‘सेफ द मिसन’मा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र राखपको बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त भएका छन् । बैठकले ओलम्पिक बडापत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो । त्यसअनुसार ओलम्पिक कमिटीले ‘सेफ दि मिसन’को नियुक्ती गर्नेगर्छ ।

प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अन्य सदस्य ‘सेफ दि मिसन’को जिम्मेवारीमा रहने गर्छन् । प्रतियोगिताका क्रममा ‘सेफ दि मिसन ’ खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ ।

बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । त्यस अनुसार नेपालकोतर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहनेछ । भदौ १२ मा भएको भएको अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डिआरएम) अनुसार यो निर्णय भएको हो ।

त्यसमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक बैद्य र कार्यालय सचिव सुजनलाल श्रेष्ठ तथा परिषदको बोर्ड सदस्य धमलाले भाग लिएका थिए ।

 अब भौतिक उपस्थितिमा अन्तिम डिआएम भदौ ३० मा हाङझाउमा बस्नेछ । निर्णय अनुसार नेपालकातर्फबाट बास्केटबल, पौडी, कुस्ती, ट्रायथलन र आर्चरीमा चार, एथलेटिक्स, जुडो, कराते र ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिन डान्स र क्यानोईमा एक, क्रिकेटमा १५ र ई-स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ ।

यस्तै फेन्सिङ, टेवबद टेनिस, स्क्वास, टेनिस र गल्फमा ६, फुटबलमा २२, ह्यान्डबलमा १६, कपर्दी, उसु र रग्बीमा १२, साइक्लिङ र सुटिङमा दुई, तेक्वान्दोमा ११, भलिबलमा २४ र भारोत्तोलनमा पाँच खेलाडीको सहभागिता रहनेछ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP