१९औं एसियाली खेलकुद

एसियाली खेलकुदका लागि स्क्वासबाट ६ खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि स्क्वासको छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

नेपाल स्क्वास संघले राउन्ड रोबिन लिगको आधारमा गरेको छनोट प्रतियोगिताबाट ३ पुरुष र ३ महिला गरि कुल ६ खेलाडी छनोट भएका हुन ।

जसअन्तर्गत पुरुषतर्प अरहन्त केसर सिहं, अमृत थापा मगर र अमिर ब्लोन रहेका छन भने महिलातर्फ विपना ब्लोन,स्वास्थानी श्रेष्ठ र कृष्ठ थापा रहेका छन । 

टोलीको मुख्य प्रशिक्षकमा हिरा बहादुर थापा र म्यानेजरमा किशोर कुमार महर्जन रहेका छन ।