चेस

झापा जिल्ला खुल्ला आमन्त्रण चेस सुरु

काठमाडौं । झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मंगलबार प्रतियोगिताको उद्घाटन गरेका थिए । 

स्विस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ३५ खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख नौ हजार पाँच सय रुपैयाँ  छ । प्रतियोगिताको आयोजकमा नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको प्रतियोगिता निर्देशक भरत गुरुङले जानकारी दिए ।
पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुवेदी, विकास मैनाली, विश्वविजय घिमिरे, विक्रम सिंघक, हिमाल राई र उमेश राईको दूई अंक छ ।