एनओसी

शुक्रबार एसियन गेम्स फन रन हुने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा शुक्रबार एसियन गेम्स फन रन हुने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया( ओएसी) को कार्यक्रम अन्तर्ग एनओसीले कार्यक्रमको आयोजना गर्न लागेको हो । एसियन गेम्स फन रन १९औं एसियन गेम्स आउन करिब सात महिना बाँकी रहँदा आयोजना हुन लागेको हो । एसियन गेम्स सेप्टेम्बर २३ देखी अक्टोबर ८ सम्म चीनमा आयोजना हुनेछ ।

एनओसीले यसअघि एसियन गेम्सका बारेमा जानकारी दिने उदेश्यले २०१८ मा पनि यो कार्यक्रम संचालन गरेको थियो । 

कोभिड १९ संक्रमणका लागि एसियन गेम्स लगातार सर्दै आएको छ । एसियन गेम्स फन रन शुक्रबार बिहान पाटन दरबार स्वायरबाट सुरु भएर गा बहाल, पुलचोक, कष्ण गल्ली, पाटन ढोका, अशोक हल र भिनसेन मन्दिर हुँदै्र पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ ।