पुस २६, २०८१ शुक्रबार | ०१:५५:३०
चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स पुलिसको सानदार जित चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स पुलिसको सानदार जित

दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने भएको छ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा नेपालबाट ३०, भारतबाट २८, श्रीलंकाबाट ९ तथा बंगलादेशबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता दक्षिण एसियामा पहिलो पटक आयोजना हुन लागेको हो ।

पुरुषतर्फ पाँच र महिलातर्फ दुई गरि सात स्पर्धामा समावेश छ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ छ। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई कति रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनका रूपमा प्रतियोगितासँग जोडिएको छ । प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । 


भिडियो
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN
Asia Cup मा पाकिस्तानविरुद्धकाे जितले विश्वकपको लागि आत्मविश्वास बढाएको छ : Mahesh Pd Rijal Coach
Under-19 Women's T20 World Cup अघि मुलपानी मैदानमा अन्तिम तयारी TEAM NEPAL