चैत्र १८, २०८२ बुधबार | ०७:३८:३०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो

आर्मीविरुद्ध ब्याटिङ गर्दै प्रतिस जिसी, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा आर्मी र बागमती प्रदेशविरुद्धको खेल बराबरीमा सकिएको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा बिहीबार आर्मीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ५ विकेट गुमाएर ८५ रन मात्रै जोड्यो ।

बागमतीका लागि शुभ कंशाकारले ३३, रित गौतमले १६ र नन्दन यादवले १३ रन बनाए ।

आर्मीका लागि आकाश चन्द र पवन कार्कीले समान दुई तथा कुशल मल्लले एक विकेट लिए ।

आर्मीले १२७-८ को स्थितीमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बागमतीले २०४ रनको लक्ष्य प्राप्त गरेको थियो ।

आर्मीका लागि तृतराज दासले २८, कप्तान विनोद भण्डारीले २७, कुशल मल्लले अविजित २१ र इम्रान शेखले १५ रन बनाए ।

बागमतीका लागि चन्दन यादवले चार, प्रतिश जिसीले तीन रिजन ढकालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङनको निर्धारित ६० ओभरमा पाँच विकेट गुमाउँदै २७६ रन बनाएको थियो । बागमतीले २००-९ को स्थितीमा इनिङ समाप्ती घोषणा गरेपछि आर्मीले ७६ रनको अग्रता लिएको थियो ।

दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि आर्मी पुलिस र बागमती मधेशसँग बराबरीमा रोकिएका थिए ।

लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश तथा बागमतीले पुलिसको सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो