काठमाडौं । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता बिहीबार हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरि २१ स्पर्धा समावेश गरिएको आयोजक डोजोका प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् ।
प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता रहने बताइएको छ ।
शीर्ष तीन रहने टिमसँगै उत्कृष्ट पुरुष/महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ । एक दिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ ।
गत संस्करणमा लुभु डोजो टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गर्नेछन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।