माघ २, २०८१ बुधबार | १७:१७:५३
सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायोे खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायोे खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता माघ तेस्रो साता हुने

काठमाडौं । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता माघ तेस्रो साता हुने भएको छ ।

नेपाल कराते संघको प्राविधिक सहयोग रहने प्रतियोगिता माघ १८, १९ र २० गते  सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ७५, -८४, ८४ केजीमाथी एकल र टिम काता तथा महिला तर्फ ४५, ५५ ६१, ६५, -६८, ६८ केजीमाथि, एकल र टिम काता गरी १७ तौल समूह समवेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ ।

प्रतियोगिता संचालनका लागि ५० राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक तथा २० प्राविधिकहरु रहनेछन् । प्रतियोगिता आयोजनका लागि अनुमानित बजेट २५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफी सहित जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेश्रो संस्करणका लागि पनि मंगलबारै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्नेछ । 

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO