मंसिर २७, २०८१ बिहीबार | ०८:३९:४५
युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो बार्सिलोनाको रोमाञ्चक जित एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो बार्सिलोनाको रोमाञ्चक जित एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि

राहुल च्याम्पियन

राहुल विक ।

काठमाडौं । एमेच्योर गल्फर राहुल विक सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको च्याम्पियन बनेका छन् ।

अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजा निकाले । अनुभवी प्रो तोरण विक्रमशाहीलाई १ स्ट्रोकलेपछि पारे । राहुलको सूर्य नेपाल गल्फ टुरमा यो पहिलो उपाधि हो ।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए ।

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरुले समान ८७ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

यसैगरी समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । दुवैले जनही ५८ हजार रुपैया पाए ।

यसैगरी समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए । ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवनकुमार रोक्काले  समग्रमा १०औं स्थान प्राप्त गरे । उनीहरुले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार रुपैयाँ पाए ।

अन्तिम १८ होलको खेल सुरू गर्दा राहुल र सद्भावविरुद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए ।

यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगीविरुद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । फ्रन्ट नाइनको खेल सकिंदा राहुलले खेललाई बराबरीमा पुर्याए । तोरण र राहुल समान ११-अन्डरमा थिए । यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो ।

राहुलले ११औं र १२औं होलमा बर्डी प्रहार गरे। तोरणले भने १० र १३औं होलमा एक/एक सट बचाए भने १५औं होलमा बोगी प्रहार गर्दा १५औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो ।

राहुलको लागि १६औं होल टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे। राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते।

राहुलले दाबेदार सद्भावलाई ५ स्ट्रोकले पछि पार्दै एमेच्योरतर्फको पनि उपाधि जिते।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे।

प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।