मंसिर १२, २०८१ बुधबार | १०:४२:२४
इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण

तोरणविक्रम शाहीलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाहीले एकल अग्रता लिएका छन् ।

तोरण  ५-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा छन्। उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।

४-अन्डर ६८ सहित भुवन र सुनिल संयुक्तरूपमा दोस्रो स्थानमा छन् ।

३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन्। यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरुले १-अन्डर ७१ स्कोर गरे।

इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धनबहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।  

गोकर्ण गल्फ क्लबमा सोमबार तोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेर फाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक-एक सट बचाएर ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। साबिक विजेता सद्भाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। ३६ होलपछि कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागी स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७५ हजार प्राप्त रुपैयाँ गर्नेछन्।


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ