चैत्र १०, २०८२ मंगलबार | ०७:२१:३१
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

तोरणविक्रम शाहीको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनमाविक्रम शाहीले दोस्रो दिन पनि आफ्नो अग्रता कायम राखेका छन् ।

मंगलबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर गरेका तोरण समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा छन् ।

उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पारेका छन् । दोस्रो दिन ३-अन्डर ६९ को स्कोर गरेका सुनिल समग्रमा ७-अन्डर १३७ को नतिजा सहित दोस्रो स्थानमा छन् ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले २-अन्डर ७० स्कोर गर्दा समग्रमा ६-अन्डर १३८ सहित तेस्रो स्थानमा तल झरे। एमेच्योर राहुल विश्वकर्मा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो दिन पनि शीर्षस्थानमा कायमै छन् ।

३-अन्डर ६९ को स्कोर गरेका निरज तामाङ समग्रमा ३-अन्डर १४१ सहित पाँचौ स्थानमा छन् । एमेच्योर सद्भाव आचार्य समग्रमा १-अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए । उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन् ।

इभन-पार ७२ सहित समग्रमा इभन-पार १४४ को नतिजा निकालेका राजेन्द्र थापामगर सातौं स्थानमा रहे। समग्रमा १-ओभर १४५ सहित जयराम श्रेष्ठ र एमेच्योर विजय श्रेष्ठ आइनहाउसले संयुक्तरुपमा आठौं स्थान बाँडे। दुवैले आज इभन-पार ७२ को स्कोर दर्ज गरे । भुवनकुमार रोक्का समग्रमा २-ओभर १४६ सहित १० औं स्थानमा छन् । उनले आज ३-ओभर ७५ को स्कोर बनाए ।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन पनि अनुभवी तोरणको प्रदर्शन सानदार रहयो । पहिलो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि ११, १२, १३ र १६औं होलमा एक/एक सट बचाए । तर १० र १५औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

राहुलले एमेच्योरतर्फ सद्भावलाई ४ स्ट्रोकले पछि पारेका छन् । ३६ होलको समाप्तीमा १३-ओभर १३७ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन् । 

प्रो गल्फर रवि खड्का, प्रदीपकुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, कृष्णमान राजबाहक, दीपक मगर, दिनेश प्रजापति, धन थापा, सञ्जय लामा, रमेश अधिकारी, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ, कुमार कामी र कृष्ण कालीराज सुनारले कट बनाए । युवा प्रो युवराज भजेल र भेट्रान प्रो रामे मगरले भने कट बनाउन सकेनन् ।

एमेच्योरतर्फ सुरेन्द्र फुयाल, गजेन्द्र गुरुङ र शिवराम पौडेलले अन्तिम ३६ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो