चैत्र १०, २०८२ मंगलबार | १७:४०:४४
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर)

माल्दिभ्सको एचडिसीमाथि जित हासिल गर्दै काभा क्लब च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेपछिको खुसीमा नेपाल च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबको टोली । तस्बिर: केशव थापा/खेलाडी

काठमाडौं । एनभिए च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले लगातार जित निकाल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हेल्प नेपालले बुधबार प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्यो । 

टोलीले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा माल्दिभ्सको प्रतिद्वन्द्वी एचडिसीमाथि ३-१ को सेटमा जित हासिल गरेको थियो । 

जितसँगै हेल्प नेपालले तीन खेलमा आठ अंक जोडेको छ । 

हेल्प नेपालले यसअघि भारतको क्यालिकट हिरोजमाथि पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा ३-२ को सेटमा जित हासिल गरेको थियो । 

दोस्रो खेलमा आफ्नै देशको प्रतिद्वन्द्वी गण्डकी प्रदेश भलिबल टिमलाई हेल्प नेपालले ३-१ को सेटमा हराएको थियो । 

प्रतियोगितामा चार देशका पाँच टोली सहभागी छन् । 

नेपालबाट एनभिए लिग च्याम्पियनको हैसियतमा हेल्प नेपाल तथा उपविजेताको हैसियतमा गण्डकीले सहभागिता जनाइरहेका छन् ।

नेपालका दुई टोलीसँगै काभा क्लब च्याम्पियनसिपमा भारत, इरान र माल्दिभ्सका एक/एक टोली सहभागी छन् । 

बुधबार २५-२२ ले पहिलो सेट जित्दै सुखद सुरुआत गरे पनि हेल्प नेपालले घरेलु कोर्टमा त्यो लयलाई कायम राख्न सकेन । 

दोस्रो सेटमा पुनरागमन जनाउँदै माल्दिभियन टोलीले खेल २६-२४ ले आफ्नो पक्षमा पार्यो । 

तर, त्यसपछि भने हेल्प नेपाल खेलमा फर्कियो । 

हेल्प नेपालले तेस्रो सेट २५-१९ तथा चौथो सेट २५-२१ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

हेल्प नेपाल लगातार तेस्रो जितसँगै अगाडि बढ्दा एचडिसीको नतिजा भने ठिक उल्टो छ । 

एचडिसीको यो चौथो खेलमा तेस्रो हार हो । 

टोलीले यसअघि गण्डकीलाई ३-२ को सेटमा हराउँदा  इरानको यु-१८ टिमसँग ३-२ सेटको  अन्तरमा पराजित भएको थियो । 

भारतको क्यालिकट हिरोजसँगको खेलमा भने माल्दिभियन टोली ३-० को सोझो सेटमै निराश भएको थियो । 

बुधबारै भएको पहिलो खेलमा इरानको युवा टोलीले क्यालिकटलाई ३–० को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

बिहीबार हेल्प नेपालले इरान तथा गण्डकीले क्यालिकटको सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो