माघ १५, २०८२ बिहीबार | ०३:२८:०६
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर)

माल्दिभ्सको एचडिसीमाथि जित हासिल गर्दै काभा क्लब च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेपछिको खुसीमा नेपाल च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबको टोली । तस्बिर: केशव थापा/खेलाडी

काठमाडौं । एनभिए च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले लगातार जित निकाल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हेल्प नेपालले बुधबार प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्यो । 

टोलीले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा माल्दिभ्सको प्रतिद्वन्द्वी एचडिसीमाथि ३-१ को सेटमा जित हासिल गरेको थियो । 

जितसँगै हेल्प नेपालले तीन खेलमा आठ अंक जोडेको छ । 

हेल्प नेपालले यसअघि भारतको क्यालिकट हिरोजमाथि पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा ३-२ को सेटमा जित हासिल गरेको थियो । 

दोस्रो खेलमा आफ्नै देशको प्रतिद्वन्द्वी गण्डकी प्रदेश भलिबल टिमलाई हेल्प नेपालले ३-१ को सेटमा हराएको थियो । 

प्रतियोगितामा चार देशका पाँच टोली सहभागी छन् । 

नेपालबाट एनभिए लिग च्याम्पियनको हैसियतमा हेल्प नेपाल तथा उपविजेताको हैसियतमा गण्डकीले सहभागिता जनाइरहेका छन् ।

नेपालका दुई टोलीसँगै काभा क्लब च्याम्पियनसिपमा भारत, इरान र माल्दिभ्सका एक/एक टोली सहभागी छन् । 

बुधबार २५-२२ ले पहिलो सेट जित्दै सुखद सुरुआत गरे पनि हेल्प नेपालले घरेलु कोर्टमा त्यो लयलाई कायम राख्न सकेन । 

दोस्रो सेटमा पुनरागमन जनाउँदै माल्दिभियन टोलीले खेल २६-२४ ले आफ्नो पक्षमा पार्यो । 

तर, त्यसपछि भने हेल्प नेपाल खेलमा फर्कियो । 

हेल्प नेपालले तेस्रो सेट २५-१९ तथा चौथो सेट २५-२१ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

हेल्प नेपाल लगातार तेस्रो जितसँगै अगाडि बढ्दा एचडिसीको नतिजा भने ठिक उल्टो छ । 

एचडिसीको यो चौथो खेलमा तेस्रो हार हो । 

टोलीले यसअघि गण्डकीलाई ३-२ को सेटमा हराउँदा  इरानको यु-१८ टिमसँग ३-२ सेटको  अन्तरमा पराजित भएको थियो । 

भारतको क्यालिकट हिरोजसँगको खेलमा भने माल्दिभियन टोली ३-० को सोझो सेटमै निराश भएको थियो । 

बुधबारै भएको पहिलो खेलमा इरानको युवा टोलीले क्यालिकटलाई ३–० को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

बिहीबार हेल्प नेपालले इरान तथा गण्डकीले क्यालिकटको सामना गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।