मंसिर २७, २०८१ बिहीबार | १०:३७:०७
विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो बार्सिलोनाको रोमाञ्चक जित एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो बार्सिलोनाको रोमाञ्चक जित एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा

एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

काठमाडौंलाई पराजित गर्न सके जनकपुर शीर्ष स्थानमा उक्लिने छ । हाल पाँच खेलमा चार जित र एक हारको नतिजासहित आठ अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ । 
अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुरले काठमाडौंलाई पराजित गरे प्ले अफमा सम्भावनालाई बलियो बनाउने छ ।

सुरुआती चार खेलमा जित दर्ता गरेको जनकपुर पछिल्लो खेलमा भने पराजित भएको थियो ।

जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । टोली सुदूरपश्चिम रोयल्ससँग भने ७२ रनले निरास बनेको थियो ।

जनकपुरका लागि हर्ष थाकर र ताहिरु मिलन्था प्रमुख खेलाडीका रूपमा रहनेछन् । थाकरले ९ विकेट लिँदा लाहिरुल १७५ रन प्रहार गरेका छन् ।

यता करण केसीको नेतृत्वमा रहेको काठमाडौं गुर्खाज पनि जित निकाल्दै प्ले अफको सम्भावनालाई बलियो बनाउने सोचमा छ । 
चार खेल खेल्दा समान दुई जित र हारको नतिजासहित  चार अंकका साथ काठमाडौं पाँचौं स्थानमा छ ।

यसअघि अघि चितवन राइनोजसँग ५ विकेट र सुदूरपश्चिमसँग ७३ रनले पराजित काठमाडौंले कर्णालीलाई तीन विकेट र लुम्बिनीलाई १८ रनले पराजित गरेको थियो । 

काठमाडौंका लागि करण केसी र जेरार्ड इरास्मस प्रमुख खेलाडीका रूपमा रहनेछन् । करणले ६ विकेट लिँदा इरास्मसले ५३ रन बनाउनुका साथै ६ विकेट पनि हात पारेका छन् ।

दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन्  ।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।