काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत गर या मरको स्थितिमा रहेको लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा तीन विकेट गुमाएर मात्र १६ रन जोडेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १०४ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनीले ओपनिङ जोडी आशुतोष घिरैया र अर्जुन साउदसँगै चौथो नम्बरका ब्याटर टम मूर्सलाई गुमाएको छ ।
अहिले क्रिजमा तेस्रो नम्बरका ब्याटर उन्मुक्त चन्द र कप्तान रोहित पौडेल छन् ।
लुम्बिनीले चौथो ओभरको दोस्रो बलमा आशुतोषलाई गुमायो । चार रनमा रहेका आशुतोष दीपेश कँडेलको बलमा माइकल लेभिटबाट क्याच भए । यही ओभरको अन्तिम बलमा अर्जुन बोल्ड हुँदै पेभिलियन फर्किए ।
पाँचौं ओभरको अन्तिम बलमा काठमाडौंले मूर्सको विकेट लियो । मूर्स स्पिनर जेरार्ड इरास्मसको बलमा बोल्ड भए । मूर्सले ६ रनको योगदान गरे ।