पुस २२, २०८१ सोमबार | ०९:०६:०६
बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट

जनकपुरको पहिलो हार, सुदूरपश्चिम शीर्षस्थानमा उक्लियो

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शीर्ष स्थानको जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको फराकिलो हार बेहोर्यो ।

लगातार चार खेलमा शतप्रतिशत जित निकालेको जनकपुरको यो पहिलो हार हो । जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा जित हासिल गरेको सुदूरपश्चिमले पछिल्लो खेलमा चितवन राइनोजविरुद्ध हार बेहोरेको थियो ।

सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १२ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो ।

जनकपुरका लागि मध्यक्रमका ब्याटर योसुवा ट्रम्पले सर्वाधिक १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमको जितमा तीन खेलाडीले समान दुई विकेट लिए । हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको नाममा समान दुई विकेट रहँदा सेफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३३ रनको योगदान गरे । उनले ओपनिङ पार्टनर सेफ जैफसँग मिलेर अर्धशतकीय साझेदारी गरे । जैफले २१ बलमा दुई छक्कासहित २१ रन जोडे । त्यस्तै ब्रेन्डन म्याकमुलनले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महत्तोले चार ओभरमा ३५ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको मल्लले समान दुई विकेट लिँदा हर्ष थाकरको नाममा एक विकेट रह्यो ।
 


भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह