चैत्र ६, २०८२ शुक्रबार | ११:०४:२७
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ

रेफ्रीले मान्यता नदिएको गोलको खुसीयाली मनाउँदै पुलिसका खेलाडी, तस्विरः सरोज साफकोटा/खेलाडी ।

काठमाडौं । धेरै समय पनि भएको छैन । जम्मा ७० दिन त भयो  । कार्तिक ११, २०८१ को कुरा हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करणको दोस्रो सेमिफाइनलमा चिरप्रतिद्धन्द्धी भारतविरुद्ध खेल्दै थियो ।

भारतविरुद्धको त्यो सेमिफाइनल खेल हेर्न करिब २० हजार हाराहारी नेपाली समर्थक रंगशाला ओर्लिएका थिए । मैदानमा बोतलको वर्षा भएको यस दिनमा रेफ्रीको विवादास्पद निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली खेलाडी खेल नै नखेल्ने निर्णयसम्म पुगेका थिए ।

एक गोलले पछाडि रहेको स्थितिमा खेलको ७२औं मिनेटमा प्रीति राईको बराबरी गोललाई मान्यता नदिएपछि खेलले अर्कै रुप लिएको थियो । फरवार्ड रेखा पौडेलको रातो कार्ड र भारतीय खेलाडीको ह्यान्डबललाई मान्यता नदिँदा नेपाली खेलाडी यसअघि नै रेफ्रीप्रति असन्तुष्टि पोखिरहेका थिए । प्रीतिको गोललाई मान्यता नदिएपछि नेपाली खेलाडी ‘अब चाहिँ यो खेल खेल्न सकिन्न’ भन्ने निर्णयमा पुगे अनि बीचमै खेल छाडेर टचलाइनमा गए । जसका कारण करिब १ घण्टा १५ मिनेट खेल रोकिएको थियो । अन्ततः फरवार्ड सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । अन्त्यमा नेपालले पेनाल्टी सुटआउटमामा भारतलाई निरास पार्यो ।

यो नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेल रह्यो । भारतले पछि नेपाली खेलाडीले गरेको व्यवहारप्रति आपत्ति नै जनायो । उनीहरुको धारणा थियो, ‘नेपाली खेलाडीले खेलको लय बिगार्दा हामीले हार बेहोर्नु पर्यो’ । निश्चित छ, यो घटना आउने केही वर्षसम्म सेलाउने छैन । कम्तिमा अर्को साफ महिला च्याम्पियनसिप सुरु नभएसम्म ।

नेपाली समर्थकका लागि यो एउटा दूर्लभ दृश्य थियो । उनीहरुलाई लाग्दो हो ‘यस्तो पनि हुँदो रहेछ’ । किनभने नेपाली फुटबलमा यसअघि यस्तो घटना कहिल्यै घटेको थिएन । तर, नेपाली समर्थक फेरि यस्तै घटनाको प्रत्यक्षदर्शी बन्न पुगेका छन् । जसले गर्दा नेपाली फुटबलमा यस किसिमको घटना आगामी दिनमा पनि दोहोरिने खतरा बढेको छ ।

महिला साफ च्याम्पियनसिपमा दर्शकले बोलत प्रहार गरेपछि भारतीय अफिसियललाई सुरक्षा दिँदै सुरक्षकर्मी, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा अहिले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहेको छ । आइतबार पहिलो विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मीविरुद्ध गोलरहित बराबरी खेल्यो । निकै तनावपूर्ण खेलमा दशरथ रंगशालाको जस्तै परिस्थिति सृजना भएको थियो । भएको के थियो ?

खेलको २२औं मिनेटमा पुलिसकी पूजना रानाले गोल गरे पनि त्यसलाई रेफ्री नवीन्द्र महर्जनले मान्यता दिएनन् । पूजाले बल प्रहार गर्ने क्रममा आर्मीकी गोलकिपर अञ्जना रानामगरलाई फउल गरेको भन्दै गोल अस्वीकृत भएको थियो । पुलिसले यो निर्णयको खुलेरै विरोध गर्यो । पुलिसका खेलाडी २५ मिनेटसम्म मैदानमै आएनन् । पछि लामो छलफलपछि खेलाडी मैदान फर्केका थिए ।

‘बाहिरको टोली हुन्थ्यौं भने हामीले खेल नै त्याग गर्थ्यौँ । नखेल्ने नै भन्ने थियो । तर, विभागको प्रतिष्ठाले हामीलाई खेल्न बाध्य बनायो,’ पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवालले खेलपछि भने, ‘रेफ्रीको एउटा गलत निर्णयले गर्दा हामीले स्पष्ट तीन अंक गुमायौं । यो निर्णयले आगामी दिनमा पुलिसलाई गाह्रो बनाउन सक्छ ।’

सिलवाल यतिमै रोकिएनन् । उनले भने,‘यदि यस्तै किसिमको गल्ती खेलाडीबाट भएको भए खेलाडीले निलम्बनसम्मको सजाय पाउने गर्छन् । तर, रेफ्रीको यो गल्तीमा कुनै पनि कारबाही सुनाइँदैन । नेपाली फुटबलको वास्तविकता नै यही हो ।’

पुलिसका खेलाडीले विरोध गरिरहँदा आर्मीका खेलाडी मैदानमै थिए । विपक्षीलाई कुर्नुबाहेक उनीहरुसँग विकल्प थिएन ।

‘मैले खेलाडीलाई आफ्नो शरीरलाई सक्रिय राख्न सल्लाह दिएको थिएँ,’ आर्मीका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्नाले भने, ‘हामीले खेलका लागि आवश्यक तयारी गरेर आएका हुन्छौं । तर, खेलमा यस्तो परिस्थितिले गर्दा खेलाडीको मानसिकतामा असर पर्छ । अहिलेको फुटबल नै यस्तो हो, दिमागले खेल्ने । त्यसैले मैले खेलाडीलाई दिमागमा केही नराख, रिल्याक्स हौ भनेर भनेको थिएँ ।’

विवादास्पद गोलमा ठगुन्नाको यस्तो प्रतिक्रिया थियो,‘फुटबलमा रेफ्रीको निर्णयनै अन्तिम निर्णय हो । रेफ्री पनि मानव नै हो, उसले पनि गल्ती गर्छ । हामीले रेफ्रीको निर्णयलाई सम्मान गर्नुपर्छ ।’

रेफ्रीबाट कयौं गल्तीहरु भइरहेका हुन्छन् । तर, खेलमा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुन्छ । सायद नेपाली खेलाडीले यो कुरा बिर्सिए । खेलाडीसँगै क्लबका अफिसियलहरुले पनि यो कुरा बुझ्नु पर्ने हो, नेपाली फुटबल कुन स्थितिमा छ भन्ने ।

विश्व फुटबलमा अहिले भिडियो असिस्टेन्ट रेफ्रि (भिएआर) को प्रयोग हुन थालेको धेरै भइसक्यो । नेपाली फुटबलको हकमा यो कुरा वर्तमान परिवेशमा कल्पना बाहिरको कुरा हो । एन्फाले तीन वर्षको अन्तरालमा बल्ल तल्ल लिग गरेको छ । यस्तोमा रेफ्रीको अन्तिम निर्णय नमानेर मैदानबाट बाहिरिनु असह्य छ । उसै त नेपाली फुटबल ओरालो यात्रामा रहेको बेला सिनियर खेलाडीबाटै यस्तो क्रियाकलाप हुन्छ भने आगामी पुस्ताले उनीहरुबाट के सिकुन् ?


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो