काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध खराब सुरुआत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरिरहेको काठमाडौंले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा चार विकेट गुमाएर मात्र २३ रन जोडेको छ ।
काठमाडौंले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमायो । रेमन सिमन्ड्सको बलमा ओपनर माइकल लेभिट बोल्ड भए । लेभिटले खाता नै खोल्न पाएनन् ।
पाँचौं ओभरको दोस्रो बलमा स्टेफन स्किनाजी अभिषेश गौतमको शिकार बने । बोल्ड हुनुअघि स्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन बनाए । त्यसपछि चौथो नम्बरका ब्याटर जेरार्ड इरास्मस एक रन बनाउन नपाउँदै साद विन जाफरको बलमा आउट भए । इरास्मस पावरप्लेको अन्तिम ओभरमा सन्दीप जोराबाट क्याच भए । सोही ओभरको पाँचौं बलमा जाफरले सुमित महर्जनलाई एलबिडब्ल्युको शिकार बनाए । सुमित खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।
अहिले क्रिजमा भिम शार्की र डान डाउथवेट छन् ।