काठमाडौं । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १७ खेलमा ३३ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट १२ अंकका साथ १०औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन कृष्णबहादुर आले, अनिश थापामगर र हिमेश माझीले गोल गरे । आर्मीका लागि रोहित श्रेष्ठले गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमार्फत संकटाले अग्रता लिएको थियो । ६५औं मिनेटमा अनिशले टोलीको अग्रता दोब्बर बनाए ।
चार मिनेटपछि नै हिमेशले संकटाका लागि तेस्रो गोल गरे । ७७औं मिनेटमा रोहितले गरेको गोल आर्मीका लागि सान्त्वना बन्यो ।
भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।