मंसिर २७, २०८१ बिहीबार | १३:४४:०२
काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर

लुम्बिनीविरुद्ध काठमाडौंको कमजोर ब्याटिङ, दियो १०४ रनको सामान्य लक्ष्य

तस्विर सौजन्यः एनपिएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले कमजोर ब्याटिङ प्रदर्शन प्रस्तुत गर्दै लुम्बिनी लायन्सविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०३ रनको योगफल तयार पार्यो ।

काठमाडौंका लागि तेस्रो नम्बरका ब्याटर भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर डानियल डाउथवेटले २१ रन जोड्दा तल्लो क्रमका ब्याटर प्रतीक श्रेष्ठले २० रन बनाए । यसैगरी ओपनर स्टेफन इस्किनाजी १३ रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि साद विन जाफरले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै रेमन सिमन्ड्स र अभिशेष गौतमले समान दुई विकेट लिँदा विवेक यादव र सुर्य तामाङको नाममा समान एक विकेट रह्यो ।

काठमाडौंले ब्याटिङ पावरप्ले (सुरुआती ६)मा चार विकेट गुमाएर मात्र २३ रन जोड्न सकेको थियो । काठमाडौंले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमायो । सिमन्ड्सको बलमा ओपनर माइकल लेभिट बोल्ड भए । लेभिटले खाता नै खोल्न पाएनन् ।

पाँचौं ओभरको दोस्रो बलमा स्टेफन स्किनाजी अभिशेषको शिकार बने । बोल्ड हुनुअघि स्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन बनाए । त्यसपछि चौथो नम्बरका ब्याटर जेरार्ड इरास्मस एक रन बनाउन नपाउँदै जाफरको बलमा आउट भए । इरास्मस पावरप्लेको अन्तिम ओभरमा सन्दीप जोराबाट क्याच भए । सोही ओभरको पाँचौं बलमा जाफरले सुमित महर्जनलाई एलबिडब्ल्युको शिकार बनाए । सुमित खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

बलिङमा अभिशेष गौतम, तस्विरः एनपिएल

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका डाउथवेटले भिम सँग मिलेर पाँचौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै पारीलाई उकास्ने प्रयास गरे । तर, १३औं ओभरको अन्तिम बलमा डाउथवेट विवेकको बलमा कप्तान रोहितबाट क्याच भए । अर्को ओभरमा मध्यक्रमका ब्याटर रसीद खान रनआउटको शिकार बने । अभिशेषको बलमा एक रनका लागि दौडिने क्रममा रसीद रोहितको क्विक थ्रोमा विकेटकिपर अर्जुन साउदबाट रनआउट भए ।

स्कोरबोर्डमा पाँच रन जोड्न नपाउँदै काठमाडौंले सातौं विकेटको रुपमा कप्तान करण केसीलाई गुमायो । सुर्य तामाङको बलमा छक्का प्रहार गर्ने क्रममा करण लङ अनमा सन्दीपबाट क्याच भए । १८औं ओभरको अन्तिम बलमा भिमलाई अभिशेषले पेभिलियनको बाटो देखाए । अभिशेषको बलमा भिम अर्जुनबाट स्टम्प आउट भए ।

जाफरले व्यक्तिगत तेस्रो विकेट लिँदा काठमाडौंले नवौं विकेट गुमायो । १९औं ओभरको अन्तिम बलमा साहव आलम सन्दीपबाट क्याच भए । अन्तिम ओभरको दोस्रो बलमा प्रतीकलाई सिमन्ड्सले बोल्ड गरे ।

दुबै टोली दोस्रो जितको लक्ष्यमा छन् । 


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।