चैत्र १४, २०८२ शनिबार | ०७:३८:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

फिफा विश्वकपको ट्रफी ।

काठमाडौं ।  सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने भएको छ ।

फिफा कांग्रेसले सन् २०३४ को विश्वकप आयोजना अधिकार साउदी अरेबियालाई दिने निर्णय गर्यो ।

यससँगै एसियामा तेस्रो पटक फिफा विश्वकप आयोजना हुने भएको छ । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरिया तथा सन् २०२२ मा कतारले विश्वकप आयोजना गरेका थिए ।

यसैगरी सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, मोरक्को र स्पेनले संयुक्त रुपमा गर्ने भएका छन् ।

सन् २०२३ को अक्टोबरमा विश्वकप आयोजनका लागि खुल्ला दर्खास्त आह्वान गरिएको थियो । विश्वकप आयोजना गर्ने महादेशीय चक्र अनुसार सन् २०३० को विश्वकप युरोप र सन् २०३४ को विश्वकप एसियाली देशले गर्ने पक्का भएको हो ।

सन् २०३० मा विश्वकप आयोजनाको १०० वर्ष समेत पुरा हुदैछ । सो अवसरमा अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा विश्वकपका समान एक खेल खेलाइने छ ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोमा हुँदैछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो