मंसिर २७, २०८१ बिहीबार | १३:२५:४९
जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य एसी मिलानको रोमाञ्चक जित पोखराविरुद्ध ब्याटिङ गर्दै विराटनगर युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो

विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

तस्विर सौजन्यः एनपिएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जित्नै पर्ने खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्ध १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको हो ।

विराटनगरका लागि चौथो नम्बरका ब्याटर स्कट एडवार्डले ३५ बलमा पाँच चौकासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १६ बलमा समान दुई चौका र छक्कासहित २६ रन जोडे । यसैगरी वसीर अहमदले २१ र निकोलस किर्टोनले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरले पहिलो विकेटको रुपमा ओपनर मार्टिन गप्टिललाई गुमाएको थियो । सागर ढकालले पाँचौं ओभरको तेस्रो बलमा पाँच रन बनाएका गप्टिललाई बोल्ड गरे । अर्को ओभरको अन्तिम बलमा लोकेश बम पनि पेभिलियन फर्किए । लोकेश रेमन रिफरको बलमा उनीबाटै क्याच भए । स्कोर्डबोर्डमा तीन रन जोड्न नपाउँदै विराटनगरले तेस्रो विकेटको रुपमा नरेन भट्टलाई गुमायो । चार रन बनाएका नरेन दीनेश खरेलको बलमा सागर ढकालबाट क्याच भए ।

तस्विर सौजन्यः एनपिएल

त्यसपछि क्रिजमा आएका किर्टोनले स्कट एडवार्डसँग मिलेर चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

१३औं ओभरको पहिलो बलमा किर्टोन सागरको बलमा माइकल लिस्कबाट क्याच भएपछि विराटनगरले ब्रेक थ्रु पायो । तर, त्यसपछि आएका अहमदले एडवार्डसँग मिलेर ४० रनको साझेदारी गर्दा विराटनगर सम्मानजनक योगफलको बाटोमा लाग्यो । १९औं ओभरमा एडवार्ड भुर्तेलको बलमा एलबिडब्ल्युको शिकार बन्दा पोखराले खुसीयाली मनायो । अर्को ओभरमा रिफरले क्रिस सोललाई पेभिलियनको बाटो देखाए । सोल विपीन खत्रीबाट क्याच भए ।

अन्तिम ओभरको तेस्रो बलमा दीपक बोहरा पेभिलियन फर्किए । चार रनमा रहेको विपीन रिफरको बलमा विकेट किपर आन्द्रेश गौसबाट रनआउट भए ।

दुबै टोली दोस्रो जितको लक्ष्यमा छन् ।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।