काठमाडौं । एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा बुधबार क्रभेना ज्भेज्डाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १२ अंक जोडेको मिलान १२औं स्थानमा छ । पराजित ज्भेज्डा समान खेलबाट तीन अंकका साथ ३१औं स्थानमा छ ।
घरेलु मैदान सान सिएरोमा मिलानलाई जित दिलाउन राफेल लियो र टमी अब्राहमले गोल गरे । ज्भेज्डाका लागि नेमान्जा राडोन्जिकले गोल फर्काए ।

खेलको ४२औं मिनेटमा लियोको गोलमार्फत एसी मिलाले अग्रता लिएको थियो । ६७औं मिनेटमा राडोन्जिकले ज्भेज्डाका लागि बराबरी गोल फर्काए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा अब्राहमले गोल गर्दै मिलानलाई २-१ को रोमाञ्चक जित दिलाए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
