मंसिर २७, २०८१ बिहीबार | १५:०७:०४
हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले हराउँदै पोखरा एभेन्जर्सले प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ । हारले विराटनगरलाई कठिन मोडमा पुर्याएको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर समान १४० रन कटाउन नसक्दा खेल सुपर ओभरमा धकेलिएको हो ।

सुपर ओभरमा पोखराले सुरुआती ब्याटिङ गरेको थियो । मैदानमा रेमन रिफर र आन्द्रेश गौसको जोडीले स्पिनर सन्दीप लामिछानेले फ्याकेको ६ बलमा १७ रन जोडे । सुरुआती दुई बलमा रिफरले छक्का प्रहार गरेपछि पोखराले बलियो योफल खडा गरेको हो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टोनको जोडीले रिफरको बलमा मात्र पाँच रन बनाउन सक्यो ।

पोखराले पाँच खेल खेल्दा दोस्रो खेलमा जित हासिल गरेको हो । बाँकीका दुई खेलमा राम्रो रनरेटमा विजयी प्राप्त गर्ने हो भने पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ । गणितीय हिसाबमा झिनो आशा अझै बाँकी रहेको विराटनगरको यो चौथो हार हो । अब विराटनगरले आगामी दुई खेलमा जित त हासिल गर्नुपर्ने छ नै, विपक्षी टोलीको नतिजाले पनि उसको प्लेअफ समीकरणको छिनोफानो गर्नेछ । व्यावहारिक हिसाबमा हेर्ने हो भने विराटनगरको शीर्ष चारभित्र अटाउने सम्भावना एकदमै न्युन छ ।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।