माघ १५, २०८२ बिहीबार | १२:३९:४०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो

तस्विरः एनपिएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले जनकपुर रोयल्सविरुद्ध १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल तयार गर्यो ।

काठमाडौंका लागि जेरार्ड इरास्मसले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंलाई कम रनमा रोक्न ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए । ललितले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदा शेरले ३.३ ओभरमा ११ रन खर्चिए । त्यस्तै मोहम्मद मोशिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो र अरनिको यादव नाममा एक विकेट रह्यो । कप्तान अनिलले पाँच खेलाडीलाई क्याचमार्फत पेभिलियनको बाटो देखाए ।

पावरप्लेमा दुई विकेट गुमाउँदै ३५ रन जोडेको काठमाडौंले बाँकीका १३.३ ओभरमा  सात विकेट गुमाउँदै थप ६६ रन जोडेको हो ।

सुरुआती ६ ओभरमा काठमाडौंले ओपनर माइकल लेभिट र तेस्रो नम्बरका ब्याटर भिम सार्कीलाई गुमाएको थियो ।

तेस्रो ओभरको तेस्रो बलमा लेभिट किशोरको बलमा मोशिनबाट क्याच भए । लेभिटले आठ रनमा पेभिलियन फर्किए ।

जनकपुरले सातौं ओभरमा अर्का ओपनर इस्किनाजी र सुमितलाई पेभिलियनको बाटो देखायो । पहिलो बलमा ललितले इस्किनाजीलाई एलबिडब्ल्युको शिकार बनाए । चौथो बलमा सुमित अनिलबाट क्याच भए । १२औं ओभरको तेस्रो बलमा रसीद खान अरनिकोको बलमा अनिलबाट क्याच भए । सुमितले खाता नै खोल्न पाएनन् । रसीदले सात रनभन्दा धेरै बनाउन सकेनन् ।

दुई ओभरपछि डान डाउथवेट शेरको बलमा आसिफ शाहबाट क्याच हुँदा १५औं ओभरको अन्तिम बलमा प्रतीक श्रेष्ठलाई ललितले बोल्ड गरे । डाउथवेटले एक रन बनाउँदा प्रतीक ६ रनमा आउट हुन पुगे । १६औं ओभरमा काठमाडौंले आठौं विकेटको रुपमा इरास्मसलाई गुमायो । इरास्मस मोशिनको बलमा अनिलबाट क्याच भए । त्यसपछि आएका साहव आलमले करणसँग मिलेर नवौं विकेटको लागि २७ रनको साझेदारी गरे ।

१९औं ओभरको पाँचों बलमा काठमाडौंले एक सय रन पूरा गर्यो । शेरको बलिङमा जनकपुरले अन्तिम ओभरमा करण र दीपेश कँडेलको विकेट लिँदै काठमाडौंलाई अलआउट गर्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।