चैत्र ११, २०८२ बुधबार | ०६:०६:०७
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो

तस्विरः एनपिएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले जनकपुर रोयल्सविरुद्ध १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल तयार गर्यो ।

काठमाडौंका लागि जेरार्ड इरास्मसले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंलाई कम रनमा रोक्न ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए । ललितले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदा शेरले ३.३ ओभरमा ११ रन खर्चिए । त्यस्तै मोहम्मद मोशिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो र अरनिको यादव नाममा एक विकेट रह्यो । कप्तान अनिलले पाँच खेलाडीलाई क्याचमार्फत पेभिलियनको बाटो देखाए ।

पावरप्लेमा दुई विकेट गुमाउँदै ३५ रन जोडेको काठमाडौंले बाँकीका १३.३ ओभरमा  सात विकेट गुमाउँदै थप ६६ रन जोडेको हो ।

सुरुआती ६ ओभरमा काठमाडौंले ओपनर माइकल लेभिट र तेस्रो नम्बरका ब्याटर भिम सार्कीलाई गुमाएको थियो ।

तेस्रो ओभरको तेस्रो बलमा लेभिट किशोरको बलमा मोशिनबाट क्याच भए । लेभिटले आठ रनमा पेभिलियन फर्किए ।

जनकपुरले सातौं ओभरमा अर्का ओपनर इस्किनाजी र सुमितलाई पेभिलियनको बाटो देखायो । पहिलो बलमा ललितले इस्किनाजीलाई एलबिडब्ल्युको शिकार बनाए । चौथो बलमा सुमित अनिलबाट क्याच भए । १२औं ओभरको तेस्रो बलमा रसीद खान अरनिकोको बलमा अनिलबाट क्याच भए । सुमितले खाता नै खोल्न पाएनन् । रसीदले सात रनभन्दा धेरै बनाउन सकेनन् ।

दुई ओभरपछि डान डाउथवेट शेरको बलमा आसिफ शाहबाट क्याच हुँदा १५औं ओभरको अन्तिम बलमा प्रतीक श्रेष्ठलाई ललितले बोल्ड गरे । डाउथवेटले एक रन बनाउँदा प्रतीक ६ रनमा आउट हुन पुगे । १६औं ओभरमा काठमाडौंले आठौं विकेटको रुपमा इरास्मसलाई गुमायो । इरास्मस मोशिनको बलमा अनिलबाट क्याच भए । त्यसपछि आएका साहव आलमले करणसँग मिलेर नवौं विकेटको लागि २७ रनको साझेदारी गरे ।

१९औं ओभरको पाँचों बलमा काठमाडौंले एक सय रन पूरा गर्यो । शेरको बलिङमा जनकपुरले अन्तिम ओभरमा करण र दीपेश कँडेलको विकेट लिँदै काठमाडौंलाई अलआउट गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो