वैशाख २९, २०८२ सोमबार | ०३:१५:१८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

एएफसीको सदस्य पदका लागि एन्फा अध्यक्ष नेम्वाङको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।

आगामी फेब्रुअरी एक र दुईमा बहराइनको मानामामा हुने एएफसीको ३३औं चुनावी कंग्रेसका लागि नेम्वाङले खुल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।

एएफसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार २६ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनको ९ खुल्ला सदस्यका लागि नेम्वाङसहित १४ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यका लागि नेम्वाङसँगै दक्षिण एसियाबाट भारतका डा. शाजी प्रभाकरन र माल्दिभ्सका बासाम अडिल जलिल गरि तीन जनाको उम्मेदवारी परेको छ । यसैगरी पश्चिम एसियाबाट इराकका अद्नान दर्जल मोटार, जोर्डनका लोकी कुमेइस युसुफ उमेस, कुवेतका अब्दुल्लाह अहमद अल्साहिन अलाबिया, ओमानका सलिम सइद सलिम अल वाहाइबी र संयुक्त अरब इमिरेट्स (युएई)का अब्दुल्लाह नासिर अल्जनेइबीले उम्मेदवारी दिएका छन् ।

खुल्ला सदस्य पदमा मध्य एसियाबाट तुर्कमेनिस्तानका अर्स्लान ऐनाजारोभ र उज्वेकिस्तानका इर्माटोभ राभसान तथा आसियानबाट अस्ट्रेलियाका क्रिस निकोउ, थाइल्यान्डका मोम्योत पुम्पानमुङ र भियतनामका ट्रान कुयोक टुआनले उम्मेदवारी दिएका छन् । पूर्वी एसियाबाट भने हङ्कङका फोक काइ शान इरिकको मात्र उम्मेदवारी परेको छ ।

त्यस्तै अध्यक्ष पदमा वर्तमान अध्यक्ष बहराइनका शेख सल्मान बिन इब्राहिम अल खालिफाको एक्लो उम्मेदवारी परेको छ । अध्यक्षमा एकल उम्मेदवारी परेका कारण शेख सल्मान अर्को कार्यकालका लागि निर्विरोध भइसकेका छन् ।

यसैगरी पाँचै क्षेत्रका एक–एक गरि पाँच उपाध्यक्षका लागि हुने निर्वाचनमा पश्चिम एसिया, दक्षिण एसिया, आसियान र पूर्वी एसियाबाट एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । दक्षिण एसियाबाट भुटानका उगेन छेचुप, पश्चिम एसियाबाट लेबनानका हाचिम हैदर, आसियानबाट म्यानमारका जाउ जाउ र पूर्वी एसियाबाट मंगोलियाका गान्बाटार अम्गालान्बाटर निर्विरोध भइसकेका छन् ।

मध्य एसियाबाट भने इरानका मेहदी ताज र किर्गिज गणतन्त्रका डास्टानबेक कोनोक्बेभबीच उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

त्यस्तै ६ जना फिफा काउन्सिल सदस्यका लागि हुने निर्वाचनका लागि सात जनाको उम्मेदवारी परेको छ । यसबाट निर्वाचित हुने मध्ये एक जना एएफसीको महिला कार्यसमिति सदस्य पनि हुने व्यवस्था छ ।

पाँच महिला कार्यसमिति सदस्य पदका लागि पश्चिम एसियाबाट प्यालेस्टिनकी सुसान रियाद एब्डेल्रहिम अल्सालाबी, दक्षिण एसियाबाट बंगलादेशका माहफुजा अख्तर र आसियानबाट लाओसका केन्या कियोमानीको उम्मेदवारी परेको छ ।

मध्य एसियाबाट यो पदका लागि कसैले उम्मेदवारी दिएका छैनन् भने पूर्वी एसियाबाट चाइनिज ताइपेईकी लियो शिह फाङ र उत्तर कोरियाकी हान उन ग्योङले उम्मेदवारी दर्ता गराएका छन् ।

एएफसीको निर्वाचन कमिटीले यही अक्टोबर १ (गएको शनिबार) सम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

अब एएफसीको निर्वाचन कमिटीले सबै उम्मेदवारहरुको योग्यता परिक्षण गर्नेछ । फिफा काउन्सिलका पदहरुका हकमा भने फिफाको रिभ्यु कमिटीले योग्यता परिक्षण गर्नेछ ।

उम्मेदवारहरुको योग्यता परिक्षण गरिसकेपछि जनवरी एकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने एएफसीले जनाएको छ 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP