वैशाख २६, २०८२ शुक्रबार | २०:१३:५४
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

रंगशालामा कन्सर्टः मैदानको अवस्था थप जिर्ण, रक्सीका बोतल छरपष्ट

काठमाडौं । यही असोज तीन गते दशरथ रंगशालामा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिबाट फेरि एक पटक विमूख भयो । बंगलादेशले सनसनीपूर्ण प्रदर्शनका साथ पहिलो पटक उपाधिमा कव्जा जमायो । यसअघि पाँच पटक उपाधिमा एक्लो हक प्रस्तुत गर्दै आएको भारत सेमिफाइनलबाटै बाहिरियो ।

असोजकै ११ गते नेपाली राष्ट्रिय पुरुष टोलीले यही दशरथ रंगशालाको मैदानमा दक्षिण एसियाली प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–१ को विजयी नतिजा निकाल्यो । ‘फिफा डे’मा गरिएको त्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अञ्जन बिष्टले ह्याट्रिक गरे ।

अघिल्ला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाट निकालेका सबै ११ खेलाडीलाई टिममा फर्काइयो । टिममा पुनरागमन जनाएका अञ्जनले नै नेपालको जितको स्क्रिप्ट लेखे ।

मैदानभित्र समग्रमा यो महिना नेपाली फुटबलले राम्रो प्रदर्शन गर्यो । तर त्यही मैदानको प्रदर्शन चाँही सन्तोषजनक रहेन । महिला साफ च्याम्पियनसिपको दौरान अत्यधिक झरीका कारण मैदानको अवस्था फुटबल खेल्न लायक थिएन । क्षेत्रीय स्तरको त्यति ठूलो प्रतियोगिताका लागि नेपालमा दशरथ रंगशालाको अर्को विकल्प थिएन । एउटै मैदानले १२ वटा अन्तर्राष्ट्रिय खेल लगातार गराउनु साच्चै कठिन काम थियो ।

त्यति कठिन काम गरेपछि मैदानको हालत खेल्न लायक नहुनु स्वभाविक थियो । राम्ररी मैदान बनाउन नभ्याउँदै बंगलादेशसँगको मैत्रीपूर्ण खेल आइपुग्यो । रंगशालाको त्यही जिर्ण मैदानले अर्को एउटा अन्तर्राष्ट्रिय खेलको बोझ पनि बोक्यो । थप जिर्ण बन्यो ।

त्यसलाई थप जिर्ण बनाउने क्रममा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले शनिबार मैदानमाथि अर्को भार थपेको छ । ‘दशै फेस्ट’का नाममा एउटा प्राइभेट कम्पनीले गरेको सांगितिक कार्यक्रमका लागि रंगशालाको मैदान नै परिषदले भाडामा दिएको थियो ।

खेलकुद वाहेकका कार्यक्रमका लागि पछिल्लो समय दिन छोडिइसकेको अवस्थामा परिषदले १० वर्षपछि पहिलो पटक यस्तो कार्यक्रमका लागि मैदान समेत प्रयोग गर्ने गरि रंगशाला भाडामा दिएको थियो । भाडामा रंगशाला दिए पनि परिषदले त्यस क्रममा आफैले यसअघि बनाएका नियमहरु पालना भए–नभएकोमा समेत निगरानी गरेको पाइएन ।

रंगशाला परिषरभित्र धुम्रपान र मध्यपान पूर्ण रुपमा बर्जित भए पनि उक्त कार्यक्रमको दौरान रंगशालाको मैदानमा मादक पदार्थ सेवन खुल्ला थियो । वर्षातको मौसममा लगातारको खेलले विगारेको मैदान हजारौं संगीतप्रेमीको चहलपहलले थप क्षतविक्षत भयो ।

‘परिषदले हामीलाई फुटबल खेलाउन रंगशाला माग्दा चाँही धेरै दुःख दिन्छ । तर कन्सर्टलाई लाखौं रुपैयाँ लिएर मैदान दिन हिच्किचाउँदैन । मैदानको अवस्था हेरिनसक्नु छ । रक्सी पिएर संगीतको तालमा उफ्रिएर रंगशाला जर्जर बनाइएको छ,’ अखिल नेपाल फुटबल संघका एक पदाधिकारी भन्छन्, ‘परिषदले पैसाका लागि खेलकुदको भावनामाथि सम्झौता गर्न मिल्दैन । एउटामात्र रंगशाला भएको देशमा अरु देशको उदाहरण दिएर कन्सर्टलाई भाडामा दिनु भनेको खेलकुदको सामान्य मर्म पनि नबुझेको नेतृत्वबाट मात्र हुन सक्छ ।’

कन्सर्टको दौरान पिएर फ्याकिएका बियरका बोतल तथा अन्य फोहोरहरु पनि आयोजकले नहटाएको र परिषदले पनि त्यसमा कुनै ध्यान नदिएको एन्फाका ती पदाधिकारीको गुनासो थियो ।

‘अरु देशमा त थुप्रै रंगशाला हुन्छन् । त्यो भएर उनीहरुले आवश्यकताअनुसार अन्य प्रयोजनका लागि रंगशाला उपलब्ध गराउँछन् । हाम्रो देशमा रंगशाला भनेको यही एउटा हो । सरकार अर्को रंगशाला बनाउने काममा सधै कानमा तेल हालेर बस्छ । जवकि रंगशाला बनाउने काम भनेको सरकारको हो । अनि भएको एउटा रंगशाला चाँही बरु फुटबललाई दिँदैन, तर कन्सर्टलाई दिएर पैसा कमाउन खोज्छ । यो समग्र नेपाली खेलकुदको लागि दूर्भाग्यको कुरा हो,’ उनले भने । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP