वैशाख २९, २०८२ सोमबार | ००:१३:५४
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुद: गण्डकीको प्रशिक्षण सुरु, बजेट अभाव हुन नदिने प्रदेश अर्थमन्त्रीको प्रतिवद्धता

पोखरा । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ ।

असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ र महिलातर्फका पाँच खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् ।

आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् ।

पोखरा रङ्गशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, 'राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।'  पैसाका कारणले व्यवस्थापकीय तथा खेलाडीलाई आधारभुत कुराहरुमा कुनै कमि हुन नदिइने उनको भनाई थियो ।

अर्थमन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पुर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेशअन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

'सबै ठाउँमा संघियता आए पनि खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।'

उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिंदै नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषद्ले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।

सदस्यसचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको बताए । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।

सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे । कार्यक्रममा परिषद्की कार्यकारी सदस्य तारा मायाँ थापा मगर र सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP