वैशाख २९, २०८२ सोमबार | ०३:११:३९
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

अन्जन र तेजसहित अल्मुताइरीले २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

काठमडौं । आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् ।

आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडी नाम अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई बुझाएका हुन् ।

जसमा यसअघि अल्मुताइरीले टिमबाहिर राखेका स्ट्राइकर अन्जन विष्ट र मिडफिल्डर तेज तामाङ छन् । यस्तै, अल्मुताइरीले पठाएको नाममा त्रिभुवन आर्मी फुटबल क्लबका दिनेश हेन्जनले पुनरागमन गरेका छन् । दिनेश गत ‘ए’ डिभिजन लिग २०७८ को उदयीमान खेलाडी समेत हुन् ।  

नेपाल आगामी महिना बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ । यद्यपि, यसबारे आधिकारिक निर्णय भइसकेको भने छैन ।

मुख्य प्रशिक्षक अल्मुताइरीले दुई मैत्रीपूर्णको लागि २६ खेलाडीको नाम बुझाउँदा टिम व्यवस्थापक चाडै नियुक्त गर्न एन्फालाई आग्रह समेत गरेका छन् । यसअघि नेपाली टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय थिए । एन्फा कार्यसमितिमा नयाँ नेतृत्वको आगमन भएसँगै हाल उनी एन्फा बाहिर छन् । यस्तै, प्रशिक्षक अल्मुताइरीले टिम व्यवस्थापकबाहेक कुवेत पुगको सम्पूर्ण टेक्निकललाई निरन्तरता दिन माग गरेका छन् ।

वैशाख १४ गते प्रशिक्षक प्रशिक्षक अल्मुताइरीको व्यवहारको कारण अन्जन, तेजसहित राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छोडेका बताएका थिए । त्यसपछि क्याम्प छोडेका तेज र अन्जनसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, बिमल घर्ति मगर, दिनेश राजवंशी, रोहित चन्द, सुमन लामा सहित कप्तान किरण कृुमार लिम्बूलाई बाहिर राख्दै प्रशिक्षक अब्दुल्लाहले २३ सदस्यीय टिमलाई कुवेत सिटी पुर्याएका थिए ।

यसपछि खेलाडी र प्रशिक्षकबीच विवाद उग्र बनेको थियो, जुन हालसम्म पनि कायमै छ । प्रशिक्षक केही खेलाडीलाई टिममा पुन स्थान दिने मनसायमा देखिँदा खेलाडीहरु भने अल्मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहन्छन् । खेलाडी–प्रशिक्षक विवादको असर असार ६ गते सम्पन्न भएको एन्फाको चुनावी साधारणसभामा समेत देखिएको थियो ।

चुनाव जिते लगत्तै वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारवाहीमा परेका केही खेलाडी बधाई दिन बुढानिलकण्ठस्थित पार्क भिलेज पुगेका थिए । निर्वाचित अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले एन्फाको पहिलो निर्णय खेलाडी बोलाउने बताएका थिए । यस पछि असार ८ गते बसेको एन्फाको अवैधानिक पहिलो बैठकले १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP