वैशाख २९, २०८२ सोमबार | ०३:२४:०८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

‘चौथो एनआरएनए कप फुटबल प्रतियोगिता २०२२’ सम्पन्न

स्कटहोल्म । युरोपभरि बसोबास गर्ने गैर आवासीय नेपालीहरुलाई खेलकुदको माध्यमबाट  एकताबद्द गर्दै युवा तथा बालबालिकाको खेलकुदप्रतिको चाहनालाई अभिवृद्धि गर्ने उदेश्यसाथ आयोजित ‘चौथो एनआरएनए कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०२२’ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ, स्वीडेनको आयोजना र  राजधानी स्टकहोल्मस्थितको भाइकिङ यती क्लबसँगको सहकार्यमा प्रतियोगिता अगस्ट ६ मा सम्पन्न भएको हो ।

यस खेलकुद प्रतियोगितामा स्वीडेनबाट चार टिमसँगै नर्वे र डेनमार्कबाट एक टिम गरी ६ टिमको सहभागिता थियो । साथै बालबालिकहरुलाई खेलप्रति अभिरुचि बढाउन स्वीडेनबाट अतिरिक्त २ टिम बालबालिकाहरुको टिमको पनि सहभागिता थियो ।

६ युवा र दुई बालबालिका गरी सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता लिगकम नक आउटको पद्दतिमा खेलाइएको थियो ।

प्रतियोगिताको उपाधि जितेको एनआरएनए एनसिसी डेनमार्क टिमले १२ हजार स्विडिस क्रोनर, ट्रफी, मेडल र प्रमाण पत्र पायो । यस्तै, उपविजेतामा चित्त बुझाएको आइस एफ नर्वे सात हजार स्विडिस क्रोनर, ट्रफी, मेडल र प्रमाण पत्र पायो । फाइनलमा एनआरएनए एनसिसी डेनमार्कले आइस एफ नर्वेलाई २-१ ले पराजित गर्दै उपाधि चुमेको हो । खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो र अतिरिक्त समयमा  एनआरएनए एनसिसी डेनमार्कले गाेल गर्दै जित पक्का गरेको हो ।

यसैगरी अनुशासितको उपाधि स्वीडेनको ‘धवलागिरी टिम’ ले एक हजार स्विडिस क्रोनरका साथै मेडल, ट्रफी र प्रमाण पत्र हात पार्यो ।

प्रतियोगितामा रेफ्रीको भुमिकामा रहेका रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेलाई पनि ट्रफी, मेडल, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगितामा एनआरएनए एनसिसी डेनमार्कका सरोज श्रेयठ उत्कृट खेलाडी घोषित हुँदा यसै टिमका भुवन खड्का उत्कृष्ट गोलकिपर चुनिए ।

स्टकहोल्मस्थित लुन्तमकर गतन चाँदनी इन्डियन रेस्टुरेन्टका नेपाली मालिक सन्नी प्रधानले प्रतियोगिताका लागि उपस्थित सबै टोलीका खेलाडी एवं अतिथिहरुलाई आफ्नो रेस्टुरेन्टमा निशुल्क भोजन गराएका थिए ।

प्रतियोगितामा अथितिको रुपमा गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष सैलेन्द्र (शैलु) अधिकारी, गैर आवासीय नेपाली संघ नर्वेका महासचिव बिष्णु गौतम तथा आई सी सी सदस्य राजु अर्याल, गैर आवासीय नेपाली संघ स्वीडेनका  संस्थापक अध्यक्ष नबिन थपलिया, पूर्व अध्यक्ष चिरन्जिवी खरेल, निवर्तमान अध्यक्ष  तथा वर्तमान आई सी सि सदस्य दिनेशकुमार श्रेष्ठ लगायतले खेल सुरु हुनुपूर्व सुभकामना मन्तव्य दिएका थिए ।

प्रतियोगिताको समापनपछि गैर आवासीय नेपाली संघ, स्वीडेनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष तथा आई सि सी सदस्य, वर्तमान अध्यक्ष तथा उपस्थित अथितिहरु विजेता र उपविजेता टिमलाई प्रमाण पत्र, ट्रफी, मेडल र नगद पुरस्कार वितरणका गरेका थिए ।

प्रतियोगितालाई सफल बनाउन विशेष भुमिका निभाएका शैलेसमणि उपाध्याय,  पूर्णबहादुर (मनोज) थापा र उपस्थित अतिथिहरुलाई सम्मान प्रदान गरिएको थियो । यस्तै फोटोग्राफर अनिस ताम्राकार, प्रतियोतिगाको प्रत्यक्ष प्रशारण गरेका निर्जल खड्कालाई  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्वीडेनका अध्यक्ष राजकुमार पाठकलेखादा ओढाएर धन्यवाद तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण समारोहपछि गैर आवासीय नेपाली संघ, स्वीडेनका अध्यक्ष पाठकले सहयोग पुर्याउने सबैलाई धन्यवाद प्रदान व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP