इटालियन सिरी ए

पोग्बाले बार्सिलोनाविरुद्धको खेल गुमाउने

मिलान । हालै मात्र इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्स फर्किएका पाउल पोग्बाले घुँडाको चोटका कारण मंगलबार प्रि–सिजनअन्तर्गत बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

पोग्बा नयाँ सिजनका लागि म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्किएका थिए । पोग्बाले यसअघि सन् २०१२ देखी २०१६ सम्म युभेन्टसबाट खेलेका थिए । यसक्रममा उनले चार पटक सिरी ‘ए’ को उपाधि जितेका थिए । 

‘अभ्यासको क्रममा पोग्बाले घुँडा चोट लागेको छ’, युभेन्टसले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ, ‘उनको चोट त्यती गम्भिर छैन तर हामी जोखिम मोल्न चाहदैनौ । त्यसैले आज बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेलमा उनी टोलीमा हुनेछैनन ।’

चोटका कारण युनाइटेडमा पनि उनको बसाई सुखद हुन सकेको थिएन ।