भरत बुडथापा

जुम्ला फुटबलका अध्यक्ष बुडथापा नेपाली कांग्रेस कर्णाली प्रदेश युवा तथा खेलकुद विभागको उपप्रमुखमा मनोनित

काठमाडौं । जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुडथापा नेपाली कांग्रेस कर्णाली प्रदेश युवा तथा खेलकुद विमागको उपप्रमुख पदमा मनोनित भएका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कार्यालय सुर्खेतले शुक्रबार बुडथापालाई प्रदेश युवा तथा खेलकुद विभागको उपप्रमुखमा मनोनित गरेको जनाएको हो ।

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय निर्वाचनका लागि बुडथापाले हालका अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्यमा उम्मेद्वारी दिएका छन् ।