सुपरक्लासिकाे

अस्ट्रेलियामा हुने तय भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द

मेलवर्न । कतार विश्वकपअघि अस्ट्रेलियामा हुने तय भएको अर्जेन्टिना र ब्राजिलबीचको अन्तर्राष्ट्रिय खेल रद्द भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अर्जेन्टिनाले अस्ट्रेलिया भ्रमण अस्वीकार गरेपछि खेल रद्द गरिएको हो ।

यसअघि अर्जेन्टिना र ब्राजिलले विश्वकपअघि जुन ११ मा अस्ट्रेलियाको मेलवर्नमा ‘सुपरक्लासिको’ खेल्ने तय भएको थियो । तर, बुधबार आयोजक र ब्राजिलियन फुटबल संघले अर्जेन्टिना अस्ट्रेलिया यात्राको लागि तयार नभएको कारण खेल हुन नसक्ने जनाएको हो ।

खेल तय भएसँगै करिव ६० हजार टिकट पनि विक्री भइसकेको अस्ट्रेलियन निकायले जनाएका छन् ।

‘दुखसाथ आयोजक  जुन ११ का लागि तय भएको सुपरक्लासिको म्याच एजेन्टहरुले पूर्व सम्झौताविपरित अर्जेन्टिनाले ब्राजिलविरुद्धको खेलका लागि अस्ट्रेलिया भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिएका छन्,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यता, अस्ट्रेलियाको भिक्टोरियो प्रान्तका खेलकुद मन्त्री मार्टिन पकुलाले भने खेल रद्द गर्नुको कारण मागेका छन् ।

‘मलाई लाग्छ उनीहरुले अस्ट्रेलियाका समर्थकहरुलाई खेल रद्द गर्नुको बलियो कारण पेश गर्न आवश्यक छ,’ पकुलाले भने ‘मलाई थाहा छ यस खवरबाट ब्राजिल निकै दुःखित छ । यसले उनीहरुले विश्वकपका लागि गरिरहेका तयारीमा निकै असर पुग्नेछ ।’