माघ १५, २०८२ बिहीबार | ०९:१२:००
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश

काठमाडौं । एफसी कोपेन्हागेनविरुद्ध ४–१ को सहज जित निकाल्दै स्पेनिस महारथी बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु टोली बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, लमिन यमल, राफिन्हा र मार्कस रोसफोर्डले गोल गरेका थिए ।

भ्रमणकारी टोली कोपेन्हागेनका १७ वर्षीय खेलाडी भिक्टर दादासनले चौथो मिनेटमै गोल गर्दा पहिलो हाफमा बार्सिलोना १–० ले पछि परेको थियो ।

तर, ह्यान्सी फ्लिकको बार्सिलोनाले दोस्रो हाफमा लगातार चार गोल गर्दै जित सुनिश्चित गरेको हो ।

मंगलबार राति बार्सिलोनाले ८ खेलबाट १६ अंक जोडेर पाँचौं स्थान सुरक्षित गरेको हो । यो जितले टोली सिधै अन्तिम १६ मा प्रवेश पायो । च्याम्पियन्स लिग तालिकाका सुरुका आठ टिमले सिधै यो अवसर पाउनेछन् । यदि यो खेलमा बार्सिलोना पराजित भएको अवस्थामा भने प्लेअफ खेल्नुपर्ने हुन्थ्यो ।

यता, स्पेनिस महारथी बार्सिलोना सिधै अन्तिम १६ मा पुग्दा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र १५ पटकको कीर्तिमानी च्याम्पियन रियाल मड्रिड भने प्लेअफ खेल्नुपर्ने भएको छ ।

राति नै भएको खेलमा रियाल मड्रिड पोर्चुगिज टोली बेन्फिकासँग ४–२ ले पराजित भयो । पिएसजीले न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेल्दै सिधै अन्तिम १६ को अवसर गुमायो ।

बायर्न म्युनिखले पिएसभी इन्धोभेनलाई २–१ ले हरायो । चेल्सीले नापोलीलाई ३–२, म्यानचेष्टर सिटीले गालातासारेलाई २–०, लिभरपुलले कराभाग एफकेलाई ६–० र बार्सिलोनाले एफसी कोपेन्हागेनलाई ४–१ ले हराएका हुन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।