माघ १४, २०८२ बुधबार | २३:४३:४७
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं । विभागीय टोली एपिएफ क्लब र मच्छिन्द्र लगातार चौथो खेलसम्म विजयीयात्रा जारी राख्दै राष्ट्रिय लिगमा अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मच्छिन्द्रले चित्लाङ एफसीमाथि ३–१ को जित निकाल्दा एपिएफले जावलाखेल युथलाई २–१ ले हरायो । यससँगै लगातार चौथो खेलसम्म एपिएफ र मच्छिन्द्रले विजयीयात्रा कायम राख्यो ।

मच्छिन्द्रको जितमा अलिजोन अलिजोनोभ, प्रदीप बुढाथोकी र जोनाथन कान्टिलाना जोरिल्लाले गोल गरे । चित्लाङका विज्ञान खड्काले गोल फर्काए ।

जितबाट राष्ट्रिय लिगको यात्रा सुरु गरेको चित्लाङले लय जारी राख्न सकेन । दोस्रो खेलमा बराबरीको नतिजा निकालेको चित्लाङले पछिल्ला दुई खेलमा लगातार हार सामना गर्यो ।

जितसँगै मच्छिन्द्र चार खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट चित्लाङको ४ अंक छ । तेस्रो स्थानको लालीगुराँस एसोसिएसनको चार खेलबाट १० अंक छ । त्यसअघि एन्फा कम्प्लेक्समा नै भएको खेलमा एपिएफले जावलाखेल युथमाथि साँघुरो जित निकाल्यो । खेलमा अग्रता जोगाउन नसक्दा जावलाखेलले हार सामना गरेको हो । एपिएफका समीराज थोकरले दुई गोल गरे । 

जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा एक गोल मात्र भयो । तर, दोस्रो हाफमा दुई गोल निस्कियो । खेलको २०औं मिनेटमा धर्बेन्द्रको गोलबाट जावलाखेलले सुरुआती अग्रता लियो । त्यो गोलसँगै जावलाखेल पहिलो हाफमा १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै एपिएफले दुई गोल गर्दै जित निकाल्यो ।

मच्छिन्द्रसँग समान अंक भए पनि एपिएफ गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।