काठमाडौं । दुई रातो कार्ड र गोलकिपरको गोलसँगै बेन्फिकाले युरोपियन च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई ४–२ ले पराजित गरेको छ ।
गोलकिपर एनाटोली ट्रुबिनले गोल गरेपछि रोमाञ्चक खेलमा रियाल तीन अंक गुमाउन पुगेको हो । खेलको अन्त्यतिर विवाद हुँदा रियालका रोड्रिगो र राउल एसेन्सियोले रातो कार्डको सामना गरेका थिए ।
पोर्चुगिज टोलीको जितमा गोलकिपर एनाटोलीसँगै एन्ड्रियास स्जेल्डरपले दुई गोल गरे । भान्गेलिस पाभ्लिदिसले एक गोल थपेका छन् । रियालको लागि दुबै गोल केलियन एम्बाप्पेले गरेका थिए ।
जोसे माउरिन्होको बेन्फिकासँग पराजित भएपछि रियालले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पनि गुमायो । लगातारको खराब प्रदर्शनपछि रियाल सिधै अन्तिम १६ मा पुग्न असफल भयो । सर्वाधिक १५ पटकको रियालसँगै साविकको विजेता पिएसजीले पनि प्लेअफ खेल्नुपर्ने भएको छ ।
राति नै भएको खेलमा पिएसजीले न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । बायर्न म्युनिखले पिएसभी इन्धोभेनलाई २–१, चेल्सीले नापोलीलाई ३–२, म्यानचेष्टर सिटीले गालातासारेलाई २–०, लिभरपुलले कराभाग एफकेलाई ६–० र बार्सिलोनाले एफसी कोपेन्हागेनलाई ४–१ ले हराएका हुन् ।
