काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामलाई नेपालले पहिलो हाफमा १–१ को बराबरीमा रोकेको छ ।
बिहीबार हो चिमिन सहरको गो डाउ रगशालामा जारी खेलमा भियतनामले सुरुआती गोल गरेको थियो । खेलको नवौं मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले घरेलु टोलीलाई अग्रतामा ल्याएका थिए ।
खेलको १७औं मिनेटमा नेपालले सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । मिडफिल्डर रोहन कार्कीको फ्रिकिकलाई राइटब्याक सनीस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । अन्तर्राष्ट्रिय फुटबलमा सनीसको यो पहिलो गोल हो ।
खेलको २५औं मिनेटमा भियतनामको गोललाई ‘लाइन्सम्यान’ले ‘अफसाइड’को संज्ञा दिएपछि नेपालले राहतको सास फेर्यो ।
इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । भियतनामको गोल अवसरमा बाधा पुर्याएको भन्दै लाकेन लिम्बूले सोझै रातो कार्ड पाए ।
भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST