कार्तिक २४, २०८२ सोमबार | १०:१२:३०
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो

तस्विरः मलेसियन क्रिकेट संघ ।

काठमाडौं । कतारले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा मलेसियाविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

जितसँगै समूह ‘ए’ मा दुई खेलबाट दुई अंक जोडेको कतारले सुपर सिक्सको सम्भावनालाई जिवितै राखेको छ । मलेसियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

कतारले पहिलो खेलमा युएईसँग सात विकेटको पराजय बेहोरेको थियो ।

कतारले बिहीबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

कतारका लागि जुबेर अलीले ४४ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले अविजित ६५ रनको योगदान गरे । यसैगरी कप्तान मिर्जा मोहम्मद बेगले अविजित ३५ र इमाल लियानागेले १६ रन बनाए ।

अलीले पहिलो विकेटका लागि लियानागेसँग ५८ तथा तेस्रो विकेटका लागि बेगसँग अविजित ५५ रनको साझेदारी गरेका थिए । मलेसियाका लागि विरनदीप सिंह र खिजर दुर्रानीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि विरनदीप सिंहले ५४ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी महम्मद हाफिजले २३ र शर्भिन मुनिएण्डीले १४ रन बनाए ।

कतारका लागि मिर्जा मोहम्मद बेगले चार, ओवैस अहमदले तीन तथा मोहममद जमानले एक विकेट लिए । 


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन