आश्विन २२, २०८२ बिहीबार | १९:२५:०७
पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली

‘डु अर डाइ’को स्थितिमा नेपाली टोली

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको पहिलो लेगअघि सम्पन्न प्रि-म्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रस र कप्तान किरणकुमार लिम्बू । तस्विर

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार भियतनामसँग खेल्दैछ । हो चिन मिनको गो डौ रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

दक्षिण पूर्वी देश भियतनाम र नेपालबीच अहिलेसम्म दुई खेल भएको छ । यी दुबै खेल सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा भएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको पहिलो लेगमा भियतनामले नेपालको चुनौती ५-० ले पन्छाएको थियो । त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा पनि नेपालले २-० को पराजय बेहोर्यो । २२ वर्षपछि यी दुई फेरि आमने–सामने हुँदैछन् ।

छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपालले गत जुनमा कमजोर लाओसविरुद्ध २-१ को हार बेहोरेको थियो । त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल अंकतालिकाको पुछारमा छ ।

तर, मलेसिया फुटबल संघ फिफाको कार्बाहीमा परेसँगै पहिलो खेलको नतिजा नेपालको पक्षमा आउने सम्भावना बढेको छ । र, नेपालले छनोट प्रतियोगितामा नयाँ लाइफलाइन पाउने आशा गरिएको छ । यसकारण भियतनाम भ्रमण नेपाली टिमका लागि महत्वपूर्ण बनेको छ ।

दुई साताअघि फिफा अनुशासन समितिले फर्जी कागज पेश गरेर अयोग्य खेलाडीलाई भियतनामविरुद्ध मैदानमा उतारेको भन्दै मलेसिया फुटबल संघलाई कार्बाही गरेको थियो । फुटबल संघसँगै फिफाले अयोग्य सात खेलाडीलाई १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्धसहित जरीवाना तोकेको छ । कार्बाहीमा पर्ने मध्ये एक खेलाडीले नेपालविरुद्ध गोल समेत गरेका थिए । जसका कारण मलेसियाको तीन अंक नेपालले पाउने सम्भावना बढेको हो ।

यस्तो भए नेपालसँग अझै पनि अर्को वर्षको एसियन कपमा पुग्ने गणीतिय सम्भावना बाँकी रहन्छ । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ । यस्तो साउदी अरबको टिकट काटनका लागि नेपालसामू भियतानम भ्रमणबाट स्पष्ट ६ अंकबाहेकको विकल्प छैन । त्यसैले बिहीबार नेपाल ‘गर या मर’को स्थितिमा हुनेछ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको दुई लेगअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम प्रशिक्षण सत्र, तस्विरः सरोज सापकोटा/खेलाडी ।

नेपालले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा मात्र दुई खेल जितेको छ । तीन खेलमा हार बेहोर्दा नेपालले दुई खेल बराबरी खेलेको छ । गत सेप्टेम्बर ६ मा नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।

उता फिफा वरीयतामा नेपालभन्दा ६२ स्थान माथि रहेको भियतानमाले पछिल्ला १० मध्ये ८ अन्तर्राष्ट्रिय खेल जितेको छ । एक खेल बराबरीमा टुंगिदा भियतनामले एक खेल हारेको छ । छनोट प्रतियोगितामा भियतनामले आफ्नो दोस्रो खेलमा मलेसियासँग ४-० को फराकिलो हार बेहोरेको थियो । यो नतिजा भियतानमको पक्षमा उल्टिने हो भने समूहमा भियतनामको बलियो उपस्थिति रहनेछ । आफ्नो पहिलो खेलमा भियतनामले लाओसलाई ५-० ले हराएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याथ्यु रस भियतनामविरुद्धको खेलका लागि उत्साहित देखिएका थिए । तयारी राम्रो भएकाले सकारात्मक परिणामको आशा रहेको उनले बताएका थिए ।

‘हामीले ‘पोटेन्सियल लाइफलाइन’ पाएका छौं । आशा छ नतिजा हाम्रो पक्षमा आउनेछ । जसले हामीलाई पुनः दाबेदारका रुपमा उभ्याउनेछ,’ रसले दाबी गर्छन्, ‘खेलाडी मेरो शैलीमा अभ्यस्त भइसकेका छन् । रणनीतिमा खासै परिवर्तन गर्ने छैनौं । हामी भियतनामको चुनौतीका लागि तयार छौं । तयारी राम्रो भएको छ । हामी सकारात्मक छौं ।’

सिनियर खेलाडी रोहित चन्द भने फिटनेसलाई लिएर चिन्तित देखिन्थे । बिदाई कार्यक्रममा रोहितले भने, ‘तयारी राम्रो भएको छ । म्याच–फिटनेसमा भने अलिकति समस्या आउन सक्ने अनुमान छ । भियतनामविरुद्ध हामीलाई त्यति सजिलो छैन । तर, हामी शतप्रतिशत दिनेछौं ।’

नेपाली टोलीः

किरण कुमार लिम्बू (कप्तान), विशाल सुनार, दीप कार्की, सुमन श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, रोहित चन्द, सनीश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ, विमल पाण्डे, मणिकुमार लामा, रोहन कार्की, एरिक विष्ट, कुशल देउवा, कृतिशरत्न छुन्जु, आयुष घलान, मनिष डाँगी, दीनेश हेन्जन, लाकेन लिम्बू, सुवास वम, अञ्जन विष्ट, जिलेश्पीजंग कार्की
 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST