काठमाडौं । नेपालले एएफसी फुटसल एसियन कप २०२६ को छनोट नखेल्ने भएको छ ।
एसियन फुटबल महासंघले सोमबार छनोट प्रतिायेगिताको ‘ड्र’ लागि सर्वाजनिक गरेको पोटमा नेपालको नाम समावेश गरिएको छैन ।
हाल फिफा वरियताको १२७औं स्थानमा रहेको नेपालले पछिल्ला तीन छनोट प्रतियोगितामा सहभागिता जनाएको थियो । तर नेपालले त्यसलाई पार गर्न भने सकेन ।
इन्डोनेसियामा हुने एएफसी एसिया कपको छनोटका लागि मंगलबार ‘ड्र’ सर्वाजनिक हुँदैछ ।
सेप्टेम्बर २० देखि २४ सम्म हुने छनोट प्रतियोगितामा ३१ देश सहभागी छन् । वरियतामा नरहेका पाकिस्तान र बंगलादेशले पहिलो पटक छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
छनोटका खेलहरू थाइल्यान्ड, कुवेत, ताजकिस्तान, किर्गिस्ता, साउदी अरेविया, म्यानमार, मलेसिया र चीनमा हुनेछन् ।
एएफसी फुटसल एसियन कप छनोटमा सहभागी हुने टोली
पोट १- इरान, थाइल्यान्ड, जापान, उज्वेकिस्तान, भियतनाम, अफगानिस्तान, कुवेत र इराक
पोट २-ताजकिस्तान किर्गिस्तान, साउदी अरेविया, अस्ट्रेलिया, लेबनान, म्यानमार, दक्षिण कोरिया र मलेसिया
पोट ३-चीन, चाइनिज ताइपेई, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), माल्दिभ्स टिमोर लेस्टे, मंगोलिया र मकाउ
पोट ४- हङकङ, ब्रुनाइ, प्यालेस्टाइन कम्बोडिया, भारत, बंगलादेश र पाकिस्तान