असार १४, २०८२ शनिबार | १०:३५:४३
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

रियालको पहिलो जित

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

बेङ्क अफ अमेरिका रंगशालामा सोमबार रियालले समूह ‘एच’ अन्तर्गतको खेलमा मेक्सिकन क्लब पाचुकाविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेर शीर्ष स्थानमा उक्लिएको रियालले अघिल्लो चरणको सम्भावना जिवितै राखेको छ । दुवै खेलमा पराजित पाचुका प्रतियोगिताबाट बाहिरिएको छ ।

रियाललाई जित दिलाउन जुड बेलिङघम, अर्दा गुलेर र फेडेरिको भाल्भर्डेले गोल गरे । पाचुकाका लागि एलियस मोन्टिएलले गोल फर्काए ।

खेलको सातौं मिनेटमै रक्षक राउल असेन्सियोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

बेलिङघमले ३५औं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाए । उनले फरान गार्सियाको पासलाई पोस्टको दिशा दिए ।

गोन्जालो गर्सियाको पासलाई सदुपयोग गर्दै गुलेरले ४३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ७०औं मिनेटमा भालभर्डेले गोल गर्दा रियाल ३-० ले अगाडि बढ्यो । यस पटक ब्राहिम डियाजले बल उपलब्ध गराएका थिए ।

मोन्टिएलले ८०औं मिनेटमा पाचुकाका लागि सान्त्वना गोल फर्काए । जेभियर एडुआर्डो लोपेजको पासलाई सदुपयोग गरे ।

यही समूहको अर्को खेलमा अस्ट्रियाको आरबी साल्जबर्ग र साउदी क्लब अल हिलालले गोलरहित बराबरी खेले । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video