माघ २९, २०८२ बिहीबार | ०९:२४:०६
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

फ्लुमिनेन्स विजयी

काठमाडौं । ब्राजिलको फ्लुमिनेन्सले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

आइतबार मेटलाइफ रंगशालामा फ्लुमिनेन्सले दक्षिण कोरियाको उल्सान एचडी एफसीविरुद्ध ४-२ को जित दर्ता गर्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको फ्लुमिनेन्स समूह ‘एफ’ को शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित उल्सान प्रतियोगिताबाट बाहिरिएको छ ।

फ्लुमिनेन्सलाई जित दिलाउन जोन एरियास, नोनाटो, जुआन पाब्लो फ्रेयट्स र केनोले गोल गरे । उल्सानका लागि ली जिन-ह्युन र उम वोन-साङले गोल फर्काए ।

खेलको २७औं मिनेटमा एरियासको गोलमार्फत फ्लुमिनेन्सले अग्रता लिएको थियो । १० मिनेटपछि नै जिन ह्युनले उल्सानलाई बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा वोन साङ्ले गोल गर्दा उल्सान २१ ले अगाडि बढ्यो । तर, दोस्रो हाफमा फ्लुमिनेन्स आक्रमक बनेको थियो ।

नोनाटाले ६६औं मिनेटमा फ्लुमिनेन्सलाई २-२ को बराबरीमा ल्याए । ८३औं मिनेटमा फ्रेयट्सले गोल गर्दा टोलीको अग्रता ३-२ मा पुग्यो ।

इन्जुरी समयमा केनोले गोल गर्दै फ्लुमिनेन्सलाई ४-२ को जित दिलाए ।

यही समूहको अर्को खेलमा  बोरुसिया डर्टमन्डले मामेलोडी सनडाउन्स एफसीविरुद्ध ४-३ को रोमाञ्चक जित दर्ता गर्यो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं