श्रावण २, २०८२ शुक्रबार | ०४:२२:२७
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

डर्टमन्डको रोमाञ्चक जित

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा शनिबार दक्षिण अफ्रिकाको मामेलोडी सनडाउन्स एफसीविरुद्ध ४-३ को रोमाञ्चक जित दर्ता गरेको छ ।

पहिलो जितसँगै दुई खेलमा चार अंक जोडेको डर्टमन्ड समूह ‘ एफ’ को दोस्रो स्थानमा छ ।  पहिला हार बेहोरेको मामेलोडी समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

टिक्यिुएल रंगशालामा डर्टमन्डलाई जित दिलाउन फेलिक्स एनमेचा, सेरहौ गुइरासी र जोब बेलिङघमले गोल गर्दा एक गोल आत्मघाती उपहास्वरुप प्राप्त भयो । मामेलोडी सनडाउन्सका लागि लुकास रिबेरियो कोस्टा, इकरम रेयर्स र लेबो मोथिबाले गोल गरे ।

खेलको ११औं मिनेटमा कोस्टको गोलमार्फत मामेलोडीले अग्रता लिएको थियो । तर पाँच मिनेटपछि नै एनमेचाले डर्टमन्डलाई बराबरीमा ल्याए ।

गुइरासीले ३४औं मिनेटमा गोल गर्दा डर्टमन्ड २-१ ले अगाडि बढ्यो । ४५औं मिनेटमा बेलिङघमले टोलीका लागि तेस्रो गोल गरे ।

खुलिसो मुडाउबाट ५९औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा डर्टमन्डको अग्रता ४-१ मा पुग्यो । तीन मिनेटपछि मामेलोडीका रेयर्सले गोल गर्दा खेल ४-२ को स्थितीमा आयो ।

मोथिबाले ९०औं मिनेटमा गोल गर्दै मामेलोडीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach