जेष्ठ ३१, २०८२ शुक्रबार | १०:०५:४२
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

ब्वाइज युनियनलाई तेस्रो स्थान, शीर्ष चारमा अटायो वीरगंज

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१–८२ मा ब्वाइज युनियन क्लबले तेस्रो र वीरगंज युनाइटेडले चौथो स्थान हासिल गरेको छ । बिहीबार आफ्नो अन्तिम खेलमा स्पष्ट तीन अंक हासिल गरेसँगै दुबै टोली शीर्ष चारभित्र अटाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ः४५ बजे सम्पन्न १३औं चरणको खेलमा ब्वाइज युनियनले बाँसबारी क्लबमाथि ४–३ को रोमाञ्चक जित हासिल गर्यो । बाँसबारीका लागि सन्दीप लिम्बूको ह्याट्रिक हार टार्न पर्याप्त बनेन । ब्वाइज युनियनका लागि सञ्जीव लामा, सुजन स्याङताङ, सुसन लामा र सुजन श्रेष्ठले गोल गरे । रोमाञ्चक बराबरीतर्फ मोडिएको खेलमा सुजन (श्रेष्ठ)ले इन्जुरी समयमा गोल गर्दै बाँसबारीलाई स्तब्ध पारेका थिए ।

यो जितसँगै ब्वाइज युनियन २२ अंक जोड्दै दुई अंकको स्पष्ट अग्रताका साथ तेस्रो स्थानमा रह्यो । हारसँगै बाँसबारीले १५ अंकका साथ ११औं स्थानमा रहेर लिगको अन्त्य गर्यो ।

दिउँसो ३ः४५ बजे नै अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा वीरगंजले ब्रिगेड ब्वाइज क्लबलाई ३–१ ले पाखा लगायो । वीरगंजको जितमा कृपाकान्त थारु, सागर बन्था थारु र अमर डंगोलले गोल गरे । खेलमा ब्रिगेड ब्वाइजले रोमन श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको थियो । २० अंक जोडेको वीरगंजले पाँचौं स्थानको टोलीभन्दा दुई अंक बढी जोड्यो ।

यो हारसँगै ब्रिगेड ब्वाइजले पुुछारबाट तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

दिनको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले श्री कुमारी क्लबविरुद्ध ४–१ को सानदार जित हासिल गर्यो । यो जितसँगै आरसीटी १८ अंक जोड्दै हालका लागि छैटौं स्थानमा उक्लिएको छ । १६ अंक जोडेको श्री कुमारी हाल नवौं स्थानमा छ ।

यसपाली प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले शीर्ष डिभिजनको हैसियत प्राप्त गर्दा श्री टुसाल युवा क्लब र नयाँबस्ती युवा क्लब ‘सी’ डिभिजनमा घटुवा भइसकेका छन् ।

शुक्रबार लिगको अन्तिम दिन पहिलो खेलमा श्री भगवतीले सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा टुसाल र प्लानिङ ब्वाइज आमने–सामने हुनेछन् । पहिलो खेल दिउँसो १२ बजे र दोस्रो खेल दिउँसो ३ः३० बजे हुनेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो खेलको सकिएपछि समापन समारोह हुने तालिका छ ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?