वैशाख २५, २०८२ बिहीबार | ०८:१९:४२
काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित एन एभेन्ट गेङगाम्पको रोमाञ्चक जितमा सावित्राको ह्याट्रिक चेन्नईको जित, कमजोर बन्दै कोलकाताको प्लेअफ सम्भावना पिएसजी फाइनलमा गोदावरी मेयर कपमा आज तीन खेल हुने आर्मी च्याम्पियन पोखरामा पहिलो पटक एनभिए लिग हुने टेस्ट क्रिकेटबाट रोहित शर्माको संन्यास नेपालले सेपाक्ताक्रोकाे एसियन कपमा सहभागिता जनाउने काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित एन एभेन्ट गेङगाम्पको रोमाञ्चक जितमा सावित्राको ह्याट्रिक चेन्नईको जित, कमजोर बन्दै कोलकाताको प्लेअफ सम्भावना पिएसजी फाइनलमा गोदावरी मेयर कपमा आज तीन खेल हुने आर्मी च्याम्पियन पोखरामा पहिलो पटक एनभिए लिग हुने टेस्ट क्रिकेटबाट रोहित शर्माको संन्यास नेपालले सेपाक्ताक्रोकाे एसियन कपमा सहभागिता जनाउने

चितवनलाई पहिलो हार चखाउँदै ललितपुर उक्लियो शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत चितवन एफसीविरुद्ध २–१ को रोमाञ्चक जित हासिल गर्दै साविक विजेता ललितपुर सिटी एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरको जितमा फरवार्ड इमो एजिकिल र मिडफिल्डर मणि लामाले गोल गरे । चितवनका लागि भिक्टर मानसारेले गोल गरे ।

इमो एजिकिलले पहिलो हाफको दोस्रो मिनेटमै सेटपीसको फाइदा उठाउँदै ललितपुरलाई अग्रता दिलाएका थिए । एजिकिलले लेफ्ट साइडबाट आएको मणिको फ्रिकिक क्रसमा हेडर गोल गरे । एजिकिलको हेडर बल चितवनका गोलकिपर अमाल नाइटलाई बिट हुँदै दोस्रो बारको जाली चुमेको थियो ।

एक गोलले पछाडि परेको चितवनले त्यसपछि ललितपुरमाथि दबाब सृजना गर्यो । अन्ततः खेलको ७४औं मिनेटमा चितवनले बराबरी गोल फर्कायो । मिडफिल्डर शिशिर लेखीको पासमा जय गुरुङको प्रहार ललितपुरको रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा त्यसको फाइदा मानसारेले उठाए । मानसारेले वैकल्पिक गोलकिपर समित श्रेष्ठलाई बिट गर्दै सहज गोल गरे ।

खेलको ८०औं मिनेटमा ललितपुरले अर्को सेटपीस अवसरमा गोल गर्यो । यसपाली मणिको प्रहार सिधै गोलमा परिणत भयो । मणिले बक्स नजिकैबाट गरेको शक्तिशाली प्रहारले सोझै दोस्रो बारको जाली चुमेको थियो । यसअघि एजिकिललाई जयले लडाएपछि ललितपुरले फ्रिकिक अवसर पाएको थियो ।

जितसँगै ललितपुरले प्लेअफ समीकरणमा आफ्नो पकडलाई बलियो बनाएको छ । अपराजित ललितपुरको चार खेलबाट आठ अंक छ । प्रतियोगितामा चितवनको यो पहिलो हार हो । दुई खेल बाँकी रहँदा चितवनको चार खेलबाट सात अंक छ ।

प्रतियोगितामा भोलि पूर्व विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP