काठमाडौं । उपाधि दौडमा रहेका चर्चिल ब्रदर्स र इन्टर काशीले भारतीय आइ लिगमा आइतबार २-२ को बराबरी खेलेका छन् ।
यो निजतासँगै दुवै टोलीको २१ खेलबाट समान ३९ अंक भएको छ । गोल अन्तरका आधारमा चर्चिल पहिलो र काशी दोस्रो स्थानमा छन् ।
राई पञ्चायत रंगशालामा घरेलु टोली चर्चिलका लागि जोसे मोरिनो र लालरेमरुआता राल्टेले गोल गरे । काशीका लागि एडमन्ड लालरिन्डिका र निकोला स्टोजानोभिचले गोल गरे ।
खेलको ५७ औं मिनेटमा मोरिनोको गोलमार्फत चर्चिलले अग्रता लिएको थियो । ६३औं मिनेटमा लालरिन्डिकाले काशीका लागि बराबरी गोल गरे ।
त्यसको दुई मिनेटपछि नै स्टोजानोभिचले गोल गर्दा काशी २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा राल्टेले गोल गर्दै चर्चिललाई हारबाट जोगाए ।
यो खेल नेपाली रेफ्री प्रज्वल क्षेत्री, नानिराम थापामगर र सहदेव श्रेष्ठले सञ्चालन गरेका थिए ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।