काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब केपी ओली कप च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपला फुटबल संघ (एन्फा) आइतबार सम्पन्न उद्घाटन खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गो हुन सकेन ।
अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ । पेनाल्टी सुटआउटमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठले दुई प्रहा बचाए ।
फागुन १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । बिहान ११ः मा बजे दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबतथा दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्युरोड टिम ( एनआरटी) बिच प्रतिस्पर्धा हुने छ ।