माघ १८, २०८२ आइतबार | १९:४५:१८
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

आर्मी र माउन्टेन मुभर्स च्याम्पियन

काठमाडौं । नेपाल आर्मी र माउन्टेन मुभर्स  खुला बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुष तथा मुभर्सले महिलातर्फकाे उपाधि जिते ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा आर्मीले प्ले बक्सलाई १११-७१ ले पराजित गर्यो । आर्मीका निश्चल महर्जनले २८ अंक जोडे ।

विजेता आर्मीले १ लाख तथा उपविजेता प्ले बक्सले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो । मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन् ।  लिगमा पनि कीर्तिपुर मुभर्ससँग चुकेको थियो ।

विजेता मुभर्सले ५० हजार तथा उपविजेता कीर्तिपुरले २५ हजार रुपैयाँ  पाए ।

प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा भुमर्सकी छिरिङ छोकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विनोदले २० हजार तथा छिरिङले १५ हजार रुपैयाँ गिफ्ट ह्याम्पर प्राप्त गरे ।

पुरुषमा अयोजक नखिपोटका सर्जोक पुन मगर तथा महिलामा आइएसए नेपालकी मिली लामा तामाङ उदीयमान खेलाडी चुनिए । दुवैलाई जनही ५ हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरियो ।

विजेतालाई नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरका अध्यक्ष एवं नखिपोट युथ क्लबका महासचिव पुनित गुरुङलगायतले  पुरस्कृत गरे ।

पाँच दिने प्रतियोगिताको पुरुषमा १५  तथा महिलामा तीन टिमले  प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।