चैत्र १२, २०८२ बिहीबार | १७:३३:३३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

आर्मी र माउन्टेन मुभर्स च्याम्पियन

काठमाडौं । नेपाल आर्मी र माउन्टेन मुभर्स  खुला बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुष तथा मुभर्सले महिलातर्फकाे उपाधि जिते ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा आर्मीले प्ले बक्सलाई १११-७१ ले पराजित गर्यो । आर्मीका निश्चल महर्जनले २८ अंक जोडे ।

विजेता आर्मीले १ लाख तथा उपविजेता प्ले बक्सले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो । मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन् ।  लिगमा पनि कीर्तिपुर मुभर्ससँग चुकेको थियो ।

विजेता मुभर्सले ५० हजार तथा उपविजेता कीर्तिपुरले २५ हजार रुपैयाँ  पाए ।

प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा भुमर्सकी छिरिङ छोकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विनोदले २० हजार तथा छिरिङले १५ हजार रुपैयाँ गिफ्ट ह्याम्पर प्राप्त गरे ।

पुरुषमा अयोजक नखिपोटका सर्जोक पुन मगर तथा महिलामा आइएसए नेपालकी मिली लामा तामाङ उदीयमान खेलाडी चुनिए । दुवैलाई जनही ५ हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरियो ।

विजेतालाई नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरका अध्यक्ष एवं नखिपोट युथ क्लबका महासचिव पुनित गुरुङलगायतले  पुरस्कृत गरे ।

पाँच दिने प्रतियोगिताको पुरुषमा १५  तथा महिलामा तीन टिमले  प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो