फाल्गुन ११, २०८१ आइतबार | १८:५३:०४
नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उपचार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उपचार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल

प्रशिक्षक हरिओम श्रेष्ठको निधन

काठमाडौं । प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण ५४ वर्षको उमेरमा निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आइतबार वीर अस्पतालमाउपचारका क्रममा उनको निधन भएको हो ।

श्रेष्ठ पछिल्लो समय ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा आबद्द थिए । उनको प्रशिक्षणमा एनआरटी बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको थियो ।

प्रतियोगिताकै दौरान मुटुमा समस्या आएपछि धरानस्थित बीपी कोइराला अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पताल ल्याइएको थियो ।

स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको थियो । तर शनिबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पताल लगिएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको एन्फाले जनाएको छ।

श्रेष्ठले मनाङ मर्स्याङदी, थ्री स्टार, आरसिटी, एनआरटीजस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका थिए । उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाएका थिए ।

यस्तै, नेपाली उमेरसमूहका राष्ट्रिय टिम र ‘ए’ डिभिजन क्लबहरू पनि सम्हालेका थिए । उनको आजै अन्तिम संस्कार गरिने एन्फाले जनाएको छ ।


भिडियो
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो
NABIN NEUPANE II NSLII पहिल्यैका विदेशी खेलाडी ल्याउने योजनामा छु II FC CHITWAN
सबै टिम विदेशी खेलाडीमा निर्भर भएका छन्ः ANANTA TAMANG || MARQUEE || Lalitpur City F.C.