कार्तिक १२, २०८२ बुधबार | ०९:१५:०१
सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने

सन्तोषी र मिङ्गमार च्याम्पियन

च्याम्पियन सन्ताेषी श्रेष्ठ (दायाँ) र मिङ्गमारसिंह तामाङ ।

काठमाडौं । सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङ शाइन रेसुङ्गा राष्ट्रिय १० के दौडको च्याम्पियन बनेका छन् । रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न प्रतियोगितामा सन्तोषीले महिला तथा मिङ्गमारले पुरुषतर्फको उपाधि जितेका हुन् । 

दुवैले १ लाख रुपैयाँ प्राप्त गरे । सन्तोषीले निर्धारित दुरी ३६.२१ सेकेन्डमा पुरा गरिन् । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं भए । 

मिङ्मारले ३१ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडवाल पाँचौं स्थानमा रहे । दुवैतर्फ दोस्रो देखि पाँचौं स्थानमा रहनेले क्रमशः४०, २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै स्थानीय पाँच किलोमिटर स्पर्धामा शिव रायमाझी र पूजा पछाईं विजेता बने । पुरुषमा अजय पाण्डे, मुकेश थारु र प्रेमलाल कोहार तथा महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर क्रमशः दोस्रोदेखि चोथो स्थानमा रहे ।

यस्तै भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी तथा पुरुषतर्फ युवबहादुर राना पहिलो भए ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमै आएर टुंगिएको थियो ।

शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ओलम्पियन बैकुन्ठ मानन्धर प्रमुख अतिथी रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain