फाल्गुन ३, २०८२ आइतबार | १४:३०:२१
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

सन्तोषी र मिङ्गमार च्याम्पियन

च्याम्पियन सन्ताेषी श्रेष्ठ (दायाँ) र मिङ्गमारसिंह तामाङ ।

काठमाडौं । सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङ शाइन रेसुङ्गा राष्ट्रिय १० के दौडको च्याम्पियन बनेका छन् । रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न प्रतियोगितामा सन्तोषीले महिला तथा मिङ्गमारले पुरुषतर्फको उपाधि जितेका हुन् । 

दुवैले १ लाख रुपैयाँ प्राप्त गरे । सन्तोषीले निर्धारित दुरी ३६.२१ सेकेन्डमा पुरा गरिन् । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं भए । 

मिङ्मारले ३१ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडवाल पाँचौं स्थानमा रहे । दुवैतर्फ दोस्रो देखि पाँचौं स्थानमा रहनेले क्रमशः४०, २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै स्थानीय पाँच किलोमिटर स्पर्धामा शिव रायमाझी र पूजा पछाईं विजेता बने । पुरुषमा अजय पाण्डे, मुकेश थारु र प्रेमलाल कोहार तथा महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर क्रमशः दोस्रोदेखि चोथो स्थानमा रहे ।

यस्तै भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी तथा पुरुषतर्फ युवबहादुर राना पहिलो भए ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमै आएर टुंगिएको थियो ।

शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ओलम्पियन बैकुन्ठ मानन्धर प्रमुख अतिथी रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।