काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आइतबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । अपराजित दुवै टोलीले एक खेल अगावै फाइनलमा स्थान बनाइसकेका छन् ।
यसअघि नेपालले किर्गिस्तान र म्यानमारविरुद्ध समान १-० को जित दर्ता गरेको थियो । यत म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो ।
नेपाल र म्यानमार चौथो पटक आमने सामने हुँदैछन् । यसअघि नेपालले दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।
सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३ ० तथा फाइनलमा ३ १ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।
अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाललाई गीता राना, प्रीति राई, सावित्रा भण्डारी, रेखा पौडेल जस्ता खेलाडीको साथ रहने छ ।
यता सन्दार लिनको कप्तानीमा रहेको म्यानमार युन वादी, मे एचटेट लुले, जु नादी, मे लु जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।